बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बिहान उठ्ने बित्तिकै पिउनुहोस् मेथी पानी : सुगरका रोगीलाई फाइदाजनक

बिहान उठ्ने बित्तिकै पिउनुहोस् मेथी पानी : सुगरका रोगीलाई फाइदाजनक

  • 1.1K
    SHARES

  • बिहान उठ्ने बित्तिकै पिउनुहोस् मेथी पानी : सुगरका रोगीलाई फाइदाजनक

    तपाईंको भान्छामा राखिएका यस्ता धेरै मसलाहरु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । मात्र यसको सही प्रयोग मात्रै आवश्यक छ । दैनिक बिहान मेथीको पानी पिउनाले पाचन शक्ति बलियो हुन्छ । खाली पेटमा मेथीको दानाको पानी पिउँदा सुगर पनि नियन्त्रणमा रहन्छ । 

    हेल्थ लाइनमा प्रकाशित समाचार अनुसार मेथीलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ यो एक यस्तो जडीबुटी हो जसले स्वास्थ्यलाई धेरै फाइदा दिन्छ । मेथीको दानामा धेरै पोषक तत्त्व पाइन्छ । यसमा आइरन, म्यागनिजलगायतका फाइबर र मिनरल्स प्रचुर मात्रामा पाइन्छ । बिहान खाली पेटमा मेथीको दानाको पानी पिउनु बढी फाइदाजनक हुन्छ । यसका लागि राति एक गिलास सफा पानीमा मेथीको दाना भिजाएर राख्नुहोस् ।

    बिहान त्यस पानीलाई राम्ररी छानेर खाली पेटमा पिउनुहोस् । तपाईं चाहनुहुन्छ भने, मेथीको दाना पनि खान सक्नुहुन्छ । यसले शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ । खाली पेटमा मेथीको दानाको पानी पिउँदा मधुमेह नियन्त्रणमा रहन्छ । मेथीले रगतमा रहेको ग्लुकोजको मात्रा कम गर्छ । मधुमेहका बिरामीले बिहान नियमित रूपमा मेथीको दानाको पानी पिउँदा अत्यधिक स्वास्थ्य लाभ लिन सकिन्छ । 

    मुटुका लागि फाइदाजनक 

    मेथीको पानी मुटुका लागि निकै फाइदाजनक हुन्छ । यसमा हाइपोकोलेस्टेरोलेमिक तत्त्व पाइन्छ जसले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ । यसले गर्दा मुटु स्वस्थ रहन्छ । यसको सेवनले रक्तसञ्चार पनि राम्रो हुन्छ । 

    पाचन प्रणालीलाई बलियो बनाउँछ 

    मेथीको पानीको नियमित सेवनले पाचन प्रणालीलाई बलियो बनाउँछ । अपच वा कब्जियतको समस्या भएकाहरूलाई मेथीको पानी निकै फाइदाजनक हुन्छ । मेथीमा पाइने पाचन इन्जाइमले प्यान्क्रियाजलाई बढी सक्रिय बनाउँछ, जसले गर्दा पाचन प्रक्रिया राम्रो हुन्छ ।

    कोलेस्ट्रोल नियन्त्रण गर्छ 

    तपाईंले हरेक बिहान खाली पेटमा मेथीको दानाको पानी पिउनुभयो भने तपाईंको शरीरमा खराब कोलेस्ट्रोलको समस्या निको हुन्छ । मेथीको दानाको पानी एक महिनासम्म नियमित पिउने हो भने शरीरमा एचडीएल अर्थात् राम्रो कोलेस्ट्रोल बढ्ने सम्भावना हुन्छ ।

    तौल घटाउनुहोस्

    मेथीको दानामा फाइबर पाइन्छ जसले खाना पचाउन मद्दत गर्छ । हरेक बिहान मेथीको पानी पिउनाले भोक कम गर्न मद्दत गर्छ । यसको सेवनले तौल घटाउँछ ।

     

     

      

    बिहिवार, जेठ ४ २०८००९:२७:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार