बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एकैदिनमा १५ सय ३९ जनामा कोरोना संकमण, अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित 

एकैदिनमा १५ सय ३९ जनामा कोरोना संकमण, अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित 

मेगा खबर संवाददाता

३१, भाद्र २०७७
  • 2.9K
    SHARES

  • एकैदिनमा १५ सय ३९ जनामा कोरोना संकमण, अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित 

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ सय ३९ रहेको जनाएको छ ।

    बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ नमूनाको पीसीआर परीक्षण गरिएको र त्यसमध्ये १५ सय ३९ मा संक्रमण देखिएको बताएका हुन् ।

    यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ पुगेको छ । संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ५ सय ४१ छन् भने बाँकी होम आइसोलेसनमा बसिरहेका छन् ।

    पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ६८ छ भने हालसम्म ४१ हजार ७०० जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

    बुधवार, भाद्र ३१ २०७७०४:३८:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार