काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
आजको दिनमा सक्रिय संक्रमित १५ हजार ७७९ जना छन्।देशभरका संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना छन् भने होम आइसोलेसनमा ७ हजार ६४० जना छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । देशभरका आईसीयूमा १७४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना छन्।
देशभर अहिले ७ हजार २५० जना क्वारेन्टिनमा छन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।