बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यस्ता खानेकुरा बच्चाका लागि हानिकारक

यस्ता खानेकुरा बच्चाका लागि हानिकारक

मेगा खबर संवाददाता

५, बैशाख २०८०
  • 898
    SHARES

  • यस्ता खानेकुरा बच्चाका लागि हानिकारक

    काठमाडौँ, बालबालिकाको मानसिक र शारीरिक वृद्धिसँगै उनीहरूको रोग प्रतिरोधात्मक क्षमतालाई ५ खानेकुराले नराम्ररी असर गर्नेगर्छ । यस्ता छन् जुन स्वादमा उत्कृष्ट भए पनि बालबालिकाको स्वास्थ्यका लागि राम्रा होइनन् । यस्ता खानेकुराको लगातार सेवनले बालबालिकाको कलेजोमा क्षति पुर्‍याउँछ ।

    फ्रेन्च फ्राइज : फ्रेन्च फ्राइज बालबालिकालाई धेरै मनपर्छ तर ट्रान्स फ्याट र क्यालोरीले भरिएको यो चिज बालबालिकाको पाचन क्रियाका लागि निकै हानिकारक हुन्छ । 

    सफ्ट ड्रिंक्स : सोडा वा कोला पिउनाले टाइप–२ मधुमेह र मोटोपनको जोखिम बढाउँछ । आफ्ना छोराछोरीलाई प्याकेज गरिएको फलफूलको जुस खान नदिनुहोस्, यसमा सोडा, चिनी बाहेक केही हुँदैन ।

    फलफूलको स्वाद भरिएका चीजहरू : फलफूलको स्वाद हुने बित्तिकै त्यो कुरा फलफूलबाट बनेको हुन्छ भनेर नबुझ्नुहोस्। उदाहरणको लागि फ्रुट केक वा गमीमा चिनी भरिएको छ । यो चिनी र केमिकलले भरिपूर्ण हुन्छ । यो बालबालिकाको दाँतमा टाँसिएर क्याभिटीको समस्या दिनसक्छ । 

    चिनी भएका खाना :  चिनी प्रशस्त मात्रामा भएका खानेकुरामा फाइबर नगण्य हुन्छ। उदाहरणका लागि, क्रिम रोलहरूमा बोसो र चिनी बाहेक अरू कुनै पोषक तत्त्व हुँदैन । बालबालिकालाई १० ग्रामभन्दा कम चिनी र कम्तीमा तीन ग्राम फाइबर भएको खानेकुरा दिनुहोस् ।

    प्रशोधित खाना : धेरै अनुसन्धानहरूले भन्छ कि प्रशोधित रातो मासु, जस्तै हट डगले मधुमेह, कोलोन क्यान्सरको जोखिम बढाउन सक्छ । उदाहरणका लागि, हट डगमा सोडियम, फ्याट र नाइट्रेटले भरिएका हुन्छन्, जुन क्यान्सरको जोखिमसँग जोडिएको छ । 

    मंगलवार, बैशाख ५ २०८००६:१९:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार