बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काँक्रो खानुको यस्तो छ फाइदा

काँक्रो खानुको यस्तो छ फाइदा

मेगा खबर संवाददाता

४, बैशाख २०८०
  • 979
    SHARES

  • काँक्रो खानुको यस्तो छ फाइदा

    गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा विस्तारै शरीरको तौल घटाउन सकिन्छ । शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ ।  

    काँक्रोमा एन्टिडायबेटिक र एन्टिअक्सिडेन्टहरू प्रशस्त छन् र यसमा भिटामिन सी, भिटामिन के र अन्य पोषक तत्वहरू पनि पाइन्छ जसले स्वास्थ्यलाई स्वस्थ राख्छ र तौल घटाउन पनि गर्दछ ।  काँक्रो एक कम क्यालोरी खाना हो, जसमा शून्य बोसो हुन्छ । त्यसैले तौल घटाउने आहारमा काँक्रोलाई समावेश गर्न सकिन्छ।

    कब्जियत जस्ता पेटको समस्यालाई हटाउन काँक्रो निकै फाइदाजनक हुन्छ । काँक्रोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा पानीको मात्रा पनि उच्च हुन्छ जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ।

    सोमवार, बैशाख ४ २०८००४:४९:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार