बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुदूरपश्चिममा  झण्डै ५ हजार ७ सय कोरोना संक्रमित डिस्चार्ज 

सुदूरपश्चिममा  झण्डै ५ हजार ७ सय कोरोना संक्रमित डिस्चार्ज 

मेगा खबर संवाददाता

३०, भाद्र २०७७
  • 2.5K
    SHARES

  • सुदूरपश्चिममा  झण्डै ५ हजार ७ सय कोरोना संक्रमित डिस्चार्ज 

    कैलाली। सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच हजार सात सयले कोरोना जितेका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार थप ८ जनाले कोरोना जितेको जानकारी दिए ।

    उनका अनुसार डोटीबाट चार, कञ्चनपुरबाट तीन र बैतडीबाट एक जनालाई सोमवार डिस्चार्ज गरिएको हो। योसंगै प्रदेशमा पाँच हजार ६ सय ७३ संक्रमितले कोरोना जितेका छन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ६९ जना निको भएर घर फर्किएका छन् ।

    यस्तै डोटीका नौँ सय १४, अछामका नौँ सय १२, कञ्चनपुरका ६ सय ८३ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ । बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६६, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।

     

    मंगलवार, भाद्र ३० २०७७०७:३५:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार