भारतमा फेरि कोरोना संक्रमण फैलिने क्रम तीव्र रूपमा बढिरहेको छ । संक्रमणका कारण मृत्यु हुने दर पनि बढेको भारतीय पत्रिका अमरउजालाले उल्लेख गरेको छ ।
उक्त पत्रिकाका अनुसार भारत यसअघि नै हरेक दिन नयाँ बिरामी थपिनेमा विश्वका शीर्ष १० देशको सूचीमा परेको थियो । अब मृत्युका हिसाबले पनि भारत शीर्ष १० देशमा परेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४ हजार ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पछिल्ला १६३ दिनको तथ्यांकमा सबैभन्दा बढी हो । भारतमा सक्रिय संक्रमितको संख्या २३ हजार ९१ पुगेको छ । उनीहरू उपचाररत छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।