बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

इरानले अमेरिकासँग बदला लिन खतरनाक योजना बुनेको दाबी

इरानले अमेरिकासँग बदला लिन खतरनाक योजना बुनेको दाबी

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 3.1K
    SHARES

  • इरानले अमेरिकासँग बदला लिन खतरनाक योजना बुनेको दाबी

    काठमाडौं । इरानले दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदूतको हत्या प्रयास गरेको दाबी गरिएको छ । 

    यो षड्यन्त्र गोप्य दस्तावेजमा विस्तृत रूपमा वर्णन गरिएको र त्यसलाई अमेरिकी गुप्तचर र सरकारी अधिकारीहरूले हेरेको बताइएको छ । 

    अमेरिकी अधिकारीहरूले राजदूत लाना मार्क्समाथिको जोखिमका विषयमा निकै अघि थाहा पाएको तर यसको विस्तृत विवरण हालैका हप्तामा मात्र थाहा हुन आएको बताए । 

    मार्क्सलाई यस जोखिमका विषयमा अवगत गराइएको छ । 
     
    पोलिटिको समाचार वेबसाइटका अनुसार, दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियामा रहेको इरानी दूतावास यस षड्यन्त्रमा संलग्न छ । 

    अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका शक्तिशाली जनरल कासेम सोलेमानीलाई गत जनवरी महिनामा हत्याका लागि आदेश दिएका थिए । त्यसैको प्रतिशोधस्वरूप इरानले ट्रम्पकी साथी लाना मार्क्सको हत्या गर्न खोजेको बताइएको छ । 

    पश्चिम एसियामा धेरै अमेरिकी सैनिकहरूको मृत्युमा सोलेमानी संलग्न रहेको आरोप अमेरिकाले लगाउने गरेको थियो । एजेन्सी

    सोमवार, भाद्र २९ २०७७०३:२५:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार