बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नर्भिक आइभिएफमा उपचारपछि अरुणाले जन्माइन् ३ छोरा र एक छोरी

नर्भिक आइभिएफमा उपचारपछि अरुणाले जन्माइन् ३ छोरा र एक छोरी

मेगा खबर संवाददाता

८, चैत्र २०७९
  • 985
    SHARES

  • नर्भिक आइभिएफमा उपचारपछि अरुणाले जन्माइन् ३ छोरा र एक छोरी

    काठमाडौं, चैत्र ८   

    नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् ।

    लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए । अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका उनीहरुले काठमाडौैस्थित नर्भिक आइभिएफमा उपचार सुरु गरे । चिकित्सकीय सहायक प्रजनन प्रविधिमार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आइभिएफकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासँग उपचार तथा परामर्श गराइन् । 

    त्यहाँको सरकारले आफ्ना नागरिकलाई दिने चिकित्सकीय उपचार, सुविधा र सहयोगका कारण अरुणा दम्पत्तिले अष्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएर अष्ट्रेलिया गएका थिए । अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान योगेशले बताए ।

    निर्धारित मिति भन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले बिशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ । योगेशका अनुसार प्रि म्याचर्ड डेलिभरी भएकाले बच्चाहरुको तौल कम हुँदा अस्पतालले बिशेष निगरानी र हेरचाह गर्नुपरेको हो । एकैपटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा चर्चा पाएको छ ।

    नेपालको नर्भिक इन्टरनेशनल हस्पिटलको विश्वस्तरीय उपचार सेवाको त्यहाँ प्रशंसा भइरहेको छ । अष्ट्रेलियामा महिलाहरुको जीवनशैलीबारे समाचार र लेख प्रकाशन गर्ने अग्रणी न्युज पोर्टल हनी नाइनले नेपालकी अरुणा सिंह र योगेशले अष्ट्रेलियामा जम्ल्याह सन्तान जन्माएको बिषयलाई रोचक ढंगले प्रस्तुत गर्दै ‘क्वीन्सल्याण्ड दम्पत्तिको चमत्कार,चम्ल्याहालाई स्वागत गरे, हामी छक्क पर्यौं’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ । 

    योेगेशलाई उद्धृत गर्दै उक्त अनलाइनले लेखेको छ–‘सुरुमा अस्पतालले हामीलाई तीन जना बच्चा भन्यो, पछि ४ जना भन्दा हामी अचम्म अनि छक्क पर्यौं । किनभने त्यो हाम्रा लागि अचम्म र अप्रत्यासित  थियो । उनीहरुले आफ्ना सन्तानको न्वरान  गरिकसेका छन् । तीन छोराको नाम क्रमश आर्ची,लुइस र एडी राखेका छन् भने छोरीको नाम अन्ना राखेका छन् ।  

    बुधवार, चैत्र ८ २०७९१२:१२:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार