बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आयोगद्वारा चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण

आयोगद्वारा चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण

मेगा खबर संवाददाता

२४, फाल्गुण २०७९
  • 1.1K
    SHARES

  • आयोगद्वारा चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण

    काठमाडौं, फागुन २३ गते,

    चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पतालकलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको हो । 

    आयोगले विभिन्न २१ वटा शिक्षण अस्पतालकलेजको  एमबीबीएसका लागि एक हजार आठ सय ९५ कोटा निर्धारण गरेको आयोगका सदस्य सचिव डा, भोजराज काफ्लेले जानकारी दिए । उनका अनुसार एक सय जना कोटाका दरले १७ शिक्षण अस्पतालका लागि बाँडफाँट गरिएको छन ।

    बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स टिचिङ अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्स, लुम्बिनी मेडिकल कलेजले एक सय जनाको कोटा एमबिबिएस पाएका छन् । 

    महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेज अफ साइन्सेजले पनि एक सय जना एमबीबीएस पढाउने कोटा पाएका छन् । 

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ६५ कोटा, देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट र जानकी मेडिकल कलेज ५०५० कोटा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० कोटा पाएका छन् ।  

    बुधवार, फाल्गुण २४ २०७९०७:१८:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार