बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अफगानिस्तान र तालिबानबिच शान्ति वार्ता हुँदै 

अफगानिस्तान र तालिबानबिच शान्ति वार्ता हुँदै 

मेगा खबर संवाददाता

२७, भाद्र २०७७
  • 1.8K
    SHARES

  • अफगानिस्तान र तालिबानबिच शान्ति वार्ता हुँदै 

    एजेन्सी। अफगानिस्तानमा चार दशकदेखि चलेको युद्ध अन्त्यको प्रयास स्वरुप शान्ति वार्ता सुरु हुँदैछ। अफगानिस्तान सरकार र तालिबान बिद्रोहीबिच शनिबार पहिलोपटक खाडी मुलुक कतारमा शान्ति वार्ता हुँदैछ । 

    गएको फेब्रुअरीमा अमेरिका र तालिबानबिच सुरक्षा सम्झौता भएपछि वार्ताको वातावरण बनेको हो। बन्दी रिहा गर्ने सहमति भने विवादास्पद छ । तर वार्ता सफल भएमा अफगानिस्तानमा विगत चार दशकदेखि जारी हिंसा अन्त्य हुनेछ । शान्ति वार्ता यसअघि नै हुने भनिए पनि विविध कारणले हुन सकेको थिएन ।

     वार्ताको उद्घाटनका लागि दोहा उड्ने क्रममा अमेरिकी विदेश मन्त्री माइक पोम्पोओले यसलाई ऐतिहासिक घटना भनेका छन् ।

     

    शनिवार, भाद्र २७ २०७७०७:५९:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार