बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘अमेरिकी राष्ट्रपति चुनाव रुस, चीन र इरान निकट ह्याकरको निशानामा’

‘अमेरिकी राष्ट्रपति चुनाव रुस, चीन र इरान निकट ह्याकरको निशानामा’

मेगा खबर संवाददाता

२६, भाद्र २०७७
  • 2.2K
    SHARES

  • ‘अमेरिकी राष्ट्रपति चुनाव रुस, चीन र इरान निकट ह्याकरको निशानामा’

    काठमाडौं । रुस, चीन र इरानसँग निकट सम्बन्ध भएका ह्याकरहरुले अमेरिकाको राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति र समूहलाई निशाना बनाएको माइक्रोसफ्ट कम्पनीले दाबी गरेको छ । माइक्रोसफ्टका अनुसार सन् २०१६ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको चुनाव प्रचारलाई प्रभावित पार्न जुन रुसी ह्याकरहरु संलग्न थिए, तिनै ह्याकर यस पटक पनि सक्रिय भए भएका छन् ।


    ‘चुनावलाई निशाना बनाउन विदेशी समूहहरुले आफ्नो सक्रियता बढाएको कुरा स्पष्ट छ,’ माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै भनेको छ । अमेरिकामा राष्ट्रपति पदको चुनाव आगामी नोभेम्बर महिनामा हुँदैछ । चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडन उम्मेदवार छन् । दुवैको चुनाव प्रचारलाई ह्याकरहरुले निशाना बनाएको माइक्रोसफ्टको दाबी छ ।

    माइक्रोसफ्ट कम्पनीका अनुसार स्ट्रोन्टियम समूहसँग सम्बन्धित रुसी ह्याकरहरुले रिपब्लिकन र डेमोक्रेट्ससँग जोडिएका दुई सयभन्दा धेरै संगठनहरुलाई निशाना बनाएका छन् । स्ट्रोन्टियम समूहलाई ‘फेन्सी बियर’को नामले पनि चिनिन्छ । यो साइबर हमला गर्ने एक युनिट हो जसलाई रुसी सेनाको गुप्तचर एजेन्सीसँग सम्बन्धित रहेको बताइन्छ ।

    माइक्रोसफ्टका उपाध्यक्ष टम बर्टले भनेका छन्, ‘हामीले सन् २०१६ मा जस्तो देखेका थियौं, ठीक त्यसैसँग मिल्दोजुल्दो स्ट्रोन्टियमले व्यक्तिहरुका लगइन रेकर्डसम्म पुग्न उनीहरुका अकाउन्ट ह्याक गर्नका लागि एक अभियान सुरु गरेको छ । उनीहरुका गोप्य सूचना संकलन गर्न वा उनीहरुको अनलाइन अपरेसनमा बाधा पुर्याउनका लागि यस्तो गरिएको हुन सक्ने अनुमान छ ।’

    – बीबीसी

    शुक्रवार, भाद्र २६ २०७७०८:५५:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार