बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोरियामा प्लाज्मा दान अभियान सुरु

कोरियामा प्लाज्मा दान अभियान सुरु

मेगा खबर संवाददाता

२१, भाद्र २०७७
  • 2.6K
    SHARES

  • कोरियामा प्लाज्मा दान अभियान सुरु

    सउल । दक्षिण कोरिया सरकारले कोरोना संक्रमण निको भएका व्यक्तिलाई प्लाज्मा दान गरी सहयोग गर्न अपिल गरेको छ। सरकारले सोमबार प्लाज्मा दान गर्न सहजताका लागि देश भर ४६ वटा स्थानमा प्लाज्मा दान केन्द्र स्थापना गरेको छ।  

    कोरोना संक्रमण भई निको भएका व्यक्तिको प्लाज्माबाट संक्रमितको उपचारमा प्रभावकारी देखिएपछि यस्तो अभियान सुरु गरिएको सरकारको भनाइ छ। सउल महानगर भित्र २१ स्थानमा रहेका रेडक्रस केन्द्रमा प्लाज्मा दान गर्न सकिनेगरी व्यवस्था गरिएको छ । त्यस्तै राजधानी बाहिर २५ स्थानमा प्लाज्मा दान गर्न सकिने केन्द्र तोकिएको छ। 

    सोही अभियानअन्तर्गत कोरियामा पहिलो चरणको कोरोना संक्रमण महामारी  फैलिएको केन्द्र सिञ्छन्जी चर्चका १६ सयभन्दा बढी सदस्यले आइतबार प्लाज्मा दान गरेका छन्। कोरोना संक्रमण भई निको भएका १६ सय ४५ जना सदस्यले उपचाररत संक्रमितकालागि प्लाज्मा दान गरेको चर्चलाई उद्धृत गर्दै कोरियाली संचारमाध्यमले जनाएका छन् । एजेन्सी

    आइतवार, भाद्र २१ २०७७०६:५६:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार