बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यि रोगीले हिटर ताप्दा समस्या हुन्छ ?

यि रोगीले हिटर ताप्दा समस्या हुन्छ ?

मेगा खबर संवाददाता

२२, मंसिर २०७९
  • 2.1K
    SHARES

  • यि रोगीले हिटर ताप्दा समस्या हुन्छ ?

    काठमाडाै, मंसिर २२

    उपत्यका लगायत देशैभर क्रमशः चिसो बढ्दै गएको छ । चिसोबाट जोगिन र शरीरलाई न्यानो बनाउन विभिन्न उपाय अपनाइन्छ । जाडोमा कोठा तातो बनाउन अर्थात् न्यानोपनका लागि इलेक्ट्रिक तथा इन्धनजन्य हिटर प्रयोग गरिन्छ ।

    इलेक्ट्रिक तथा इन्धनजन्य हिटर प्रयोग गर्न नजान्दा मानिसको अनाहकमा मृत्यु भएका घटना बेलाबेला सार्वजनिक हुने गर्छन् । न्यानोपनका लागि हिटर प्रयोग उपयुक्त भए सही तरिकाले प्रयोग गर्न नजान्दा जाडो मौसममा अप्रिय घटना घट्ने वीर अस्पतालका छाती रोग सघन उपचार कक्षका विषेशज्ञ डाक्टर प्रज्वल श्रेष्ठ बताउँछन् । उनी हिटर बाल्दा सावधानी अपनाउन सुझाव दिन्छन् ।

    हिटर बाल्नु असुरक्षित होइन । हावा ओहोरदोहोर हुन रोकी झ्याल–ढोका बन्द गरी कोठाभित्र हिटर बाल्दा स्वास्थ्यमा प्रतिकुल असर गर्छ । बन्द कोठाभित्र हिटर ताप्दा त्यहाँको हावामा आद्रता कम हुन्छ । अर्थात् हावालाई सुक्खा बनाइदिन्छ ।

    बन्द कोठाभित्र हिटर ताप्दा अक्सिजन नभएको खण्डमा रातो रक्तकोषिकाहरुले शरीरमा कार्बन मोनो अक्साइडलाई सजिलै ग्रहण गर्छ । त्यसले कोसिका मार्फत शरीरका तन्तुमा कार्बन मोनो अक्साइड फैलिएपछि सधैंका लागि मष्तिष्कले काम गर्न छोड्छ । जसले गर्दा वाकवाक लाग्ने, झुम्म हुने, टाउको दुख्ने लगायतको लक्षण देखिएर मुटुको चाल नै बन्द हुने सक्ने अवस्था सिर्जना हुन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुको सुझाव छ ।

    रोगीले हिटर ताप्दा समस्या हुन्छ ?

    हिटर ताप्दा सामान्यतया सबैलाई असर गर्छ । सुक्खा हावाले मुख,ओठ,नाक सुक्ने,नाकबाट रगत आउने,छाला फुस्रो,आँखालाई समेत कमजोर बनाउने जस्ता साधारण समस्या निम्तन्छ ।

    दीर्घरोगी, एलर्जीका रोगी, दम, श्वासप्रश्वास, छातीका समस्या भएका बिरामीले हिटर ताप्दा खोकी लाग्ने, श्वास फुल्ने अर्थात् स्वाँस्वाँ हुने समस्या झन् बढ्छ । बन्द कोठामाभित्र हिटर ताप्दा विभिन्न किसिमका भाइरस, फङ्गस, इफ्लुएन्जा, कोभिड–१९ अर्थात् श्वासप्रश्वासका माध्यमबाट सर्ने रोगको जोखिम उच्च हुन्छ ।

    इलेक्ट्रिक र इन्धनजन्य हिटरमा कुन खतरनाक ?

    समुदायमा जाडो महिनामा न्यानोपनका लागि उपलब्धताका आधारमा विद्युतीय, इन्धनयुक्त र कोइला, गुइँठा, आगो बालेर ताप्ने गरिन्छ । विद्युतको सहयोगबाट बल्ने इलेक्ट्रिक हिटरले हावालाई सुक्खा बनाउने गर्छ । यद्यपि इन्धनबाट बल्ने हिटर विद्युतीयभन्दा केही खतरनाक हुन्छ ।

    मट्टितेल, ग्यासबाट बालिने हिटरमा आगो बल्दा कोठाभित्र रहेको अक्सिजनलाई कम गर्दछ । आगो बोल्ने क्रममा कार्बन मोनो अक्साइड फैलिएपछि विषालु ग्यास उत्पन्न भई कोठामा बढ्दै जान्छ । बन्द कोठामा हिटर प्रयोग गर्दा सुरुमा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, त्यसपछि मन्द बेहोस भई मृत्युका घटनासमेत हुने गर्दछ ।

    इलेक्ट्रिक हिटरले हावालाई सुक्खा बनाएर स्वास्थ्यमा प्रतिकुल असर गर्छ । आद्रतालाई मेन्टेन गर्नका लागि खुल्ला भाडामा पानीहरु राख्नुपर्छ । जसले कोठाको मोस्चर मेन्टेन अर्थात् सुक्खा हावाबाट हुने प्रतिकुलतालाई रोक्न सहयोग गर्छ ।

    हिटरको प्रयोग गर्दा कस्तो कुरामा ध्यान दिने ?

    –चलिरहेको हिटरलाई समय समयमा बन्द गरिरहनुपर्छ ।

    –राति सुत्नुभन्दा पहिला हिटरलाई बन्द गरेरमात्रै सुत्नुपर्छ ।

    –हिटर बालेको समयमा ढोका र झ्याल खुला राख्नुपर्छ ।

    –श्वासप्रश्वास, मुटु, नियमित खोकी लाग्ने व्यक्तिले सकेसम्म हिटरको प्रयोग नगर्ने ।

    –लामो समयसम्म हिटरको प्रयोग गर्दा छाला, आँखालाई समेत सुक्खा बनाउँछ ।

    –धेरै हिटर ताप्दा छालामा समस्या देखिने भएकाले छालामा नियमित चिल्लो पदार्थ लगाउनुपर्छ ।

    बिहिवार, मंसिर २२ २०७९१२:१८:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार