बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

के तपाईलाई दैनिक ८ गिलास पानी पिउन आवश्यक छ कि छैन !

के तपाईलाई दैनिक ८ गिलास पानी पिउन आवश्यक छ कि छैन !

मेगा खबर संवाददाता

१६, मंसिर २०७९
  • 1.5K
    SHARES

  • के तपाईलाई दैनिक ८ गिलास पानी पिउन आवश्यक छ कि छैन !

    काठमाडाैँ, मंसिर १६

    थुप्रैै मानिसहरुबाट यस्तो खालको सल्लाह पाउनु सामान्य कुरा हो तर के साँच्चै हाम्रो शरीरलाई दैनिक यति पानी आवश्यकता पर्छ ? हालै २३ देशमा गरिएको एक अनुसन्धानले यो सल्लाह वैज्ञानिक दृष्टिकोणबाट सही नभएको खुलासा गरेको छ । दैनिक  कम्तिमा पनि ८ गिलास पानी पिउनुपर्छ ।

    खानाबाट आवश्यकता पूरा हुन्छ

    कतिपयले दैनिक २ लिटरको सट्टा १,५ देखि १,८ लिटर पानी मात्र पिउनुपर्छ । शरीरको आधाभन्दा बढी पानीको आवश्यकता खाद्यवस्तु, चिया, कफी आदिबाट पूरा हुन्छ । यस्तो अवस्थामा दैनिक ८ गिलास पानी पिउनु पर्दैन ।

    अनुसन्धानकर्ताहरूले यसका लागि ८ देखि ९६ वर्षसम्मका ५ हजारभन्दा बढी व्यक्तिमाथि वैज्ञानिक ढंगले अध्ययन गरेका थिए । यसको नतिजा साइन्स जर्नलमा प्रकाशित भएको छ । सबै मानिसमा पानीको आवश्यकता फरक–फरक हुन्छ भन्ने कुरा बाहिर आएको छ । मानिस बस्ने ठाउँ, मौसम, तापक्रम, उचाइ, आद्रता जस्ता कारकहरूले पानीको आवश्यकता निर्धारण गर्छ ।

    खेलाडी–किसानलाई बढी चाहिन्छ

    व्यक्तिगत स्तरमा, पानीको आवश्यकता व्यक्तिको काम, लिङ्ग, उमेर, तौल र फिटनेसबाट प्रभावित हुन्छ । २० देखि ३० वर्ष उमेर समूहका पुरुष, खेलाडी र शारीरिक श्रम गर्नेलाई बढी पानी चाहिन्छ । विकासोन्मुख देशहरूका कृषकहरूलाई औद्योगिक देशको तुलनामा बढी पानीको आवश्यकता हुन्छ ।

    उच्च तापक्रम भएका देशहरूमा बस्ने मानिसहरूलाई पनि बढी पानी चाहिन्छ । गर्भवती र सुत्केरी महिलालाई पनि बढी पानी चाहिन्छ । धेरैले तिर्खा लाग्दा मात्रै पानी पिउने गर्छन् ।

    धेरै पानी पिउनुमा कुनै हानि छैन, आवश्यकता बढ्नेछ

    प्रोफेसर जोन स्पिकम्यानका अनुसार धेरै पानी पिउनुमा कुनै हानि छैन, तर बेलायतमा ४ करोड वयस्कले आवश्यकताभन्दा दैनिक आधा लिटर बढी पानी पिउने हो भने हरेक दिन २० करोड लिटर सफा पानीको आवश्यकता पर्नेछ । 

    शुक्रवार, मंसिर १६ २०७९०३:३४:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार