बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पाकिस्तानी सेनाको गोलीबारीबाट एक भारतीय सैनिकको मृत्यु 

पाकिस्तानी सेनाको गोलीबारीबाट एक भारतीय सैनिकको मृत्यु 

मेगा खबर संवाददाता

२१, भाद्र २०७७
  • 2.5K
    SHARES

  • पाकिस्तानी सेनाको गोलीबारीबाट एक भारतीय सैनिकको मृत्यु 

    एजेन्सी। शनिबार उत्तरी काश्मिरमा पाकिस्तानले गरेको गोलबारी एक भारतीय सैनिक मारिएका छन् । उत्तरी काश्मिरको नौगाम सेक्टर र पुन्छ जिल्लाको कसबा सेक्टर शाहपुर किरानीमा अवस्थित नियन्त्रण रेखामा भीषण गोलीबारी भएको थियो ।  नौगाममा एक भारतीय सैनिक मारिएका हुन् । 

    गोलबारीमा अन्य २ सैनिक घाइते भएका छन् । मारिने सैनिक भुपेन्द्र सिंह हुन् । घाइते हुनेमा एक लेसनायक र अर्का एक सिपाही रहेका छन् । भारतीय सञ्चारमाध्यामहरुका अनुसार पाकिस्तानी सेनाका १० बलोच बटालियनहरुले बिहान करिब ९ बजे शाहपुर किरानी र कसबा सेक्टरमा भारतीय सेनाको चौकीसहति आवासीय क्षेत्रमा मोर्टार प्रहार गर्न सुरु गरेका थिए ।  त्यसलगत्तै भारतीय सेनाले प्रतिकार गरेको थियो । 
    भारतीय सेनाले प्रतिकार सुरु गरेलगत्तै पाकिस्तानी सैनिकले नियन्त्रण रेखा वरिपरि गोलीबारीको दायरा बढाएका थिए ।

     

    आइतवार, भाद्र २१ २०७७०८:४९:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार