बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सोलिंगेन शहरको आवासीय भवनको फ्ल्याटमा पाँच बालबालिकाको शव भेटियो

सोलिंगेन शहरको आवासीय भवनको फ्ल्याटमा पाँच बालबालिकाको शव भेटियो

मेगा खबर संवाददाता

१९, भाद्र २०७७
  • 1.9K
    SHARES

  • सोलिंगेन शहरको आवासीय भवनको फ्ल्याटमा पाँच बालबालिकाको शव भेटियो

    एजेन्सी। जर्मनीको सोलिंगेन शहरको ठूलो आवासीय भवनको फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    घटनास्थल पुगेको प्रहरीले एकदेखि ८ वर्षसम्मका तीन बालिका र दुई बालकको शव फेला पारेको हो । ११ वर्षका अर्का बालक भने बाँच्न सफल भएको बताइएको छ। बालबालिकाको हत्या २७ वर्षे आमाले गरेको आशंका प्रहरीको छ। ती महिलाले सन्तानको हत्या गरेपछि रेल मार्गमा आएर आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको बिबिसीले उल्लेख गरेको छ।

    बालबालिकाको मृत्यु के कारणले वा कसरी भएको भन्नेबारे विस्तृत विरण खुलाइएको छैन।

     

    शुक्रवार, भाद्र १९ २०७७०९:०४:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार