बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

ब्राजिलियन फुटबलर नेयमार सहित तीन खेलाडीलाई कोरोना

ब्राजिलियन फुटबलर नेयमार सहित तीन खेलाडीलाई कोरोना

मेगा खबर संवाददाता

१८, भाद्र २०७७
  • 1.7K
    SHARES

  • ब्राजिलियन फुटबलर नेयमार सहित तीन खेलाडीलाई कोरोना

    काठमाडौं । ब्राजिलियन फुटबलर नेयमार जुनियरसहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेयमारसहित डिमारिया र लियोनार्दो पेरेडेसलाई कोरोना देखिएको हो।

    पीएसजीले खेलाडीलाई कोरोना देखिएको पुष्टि गर्दै लेखेको छ, ‘तीन खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ। तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार सुरक्षित रहेका छन् ।’

    पीएसजीले जारी सम्पन्न युरोपियन च्याम्पियन्स लिगमा फाइनलसम्मको यात्रा तय गरेको थियो। कोरोना संक्रमित पाइएका तीनै जना खेलाडीले सो खेलमा सहभागिता जनाएका थिए। यसकारण पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन।

    पीएसजीले सेप्टेम्बर १० बाट मात्र घरेलु लिगमा खेल्न सुरुवात गर्नेछ। एजेन्सी

    बिहिवार, भाद्र १८ २०७७०२:२४:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार