बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतमा पब्जीसहित ११८ एपमाथि प्रतिबन्ध

भारतमा पब्जीसहित ११८ एपमाथि प्रतिबन्ध

मेगा खबर संवाददाता

१८, भाद्र २०७७
  • 2.9K
    SHARES

  • भारतमा पब्जीसहित ११८ एपमाथि प्रतिबन्ध

     एजेन्सी। भारतले चीनमा विकसित एक सय १८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ, यसमा पबजी पनि सामेल छ ।इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलको तर्फबाट जारी गरिएको बयानमा ती एप्सले भारतको सम्प्रभुता र अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धको गतिविधिमा लिप्त भएको बताइएको छ । 

    मन्त्रालयको बयानमा भनिएको छ, यो कदमबाट भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुनेछ । यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुताको सुनिश्चित गर्ने मनसायबाट लिइएको हो । बयानका अनुसार भारत सरकारलाई यी एपका बारेमा विभिन्न गुनासा आइरहेका थिए, तीमध्ये केही रिपोर्टमा एन्ड्रोइड र आईओएसमा उपलब्ध केही मोबाइल एप्सबाट प्रयोगकर्ताको डाटा अनाधिकृत रुपमा चोरी गरेर भारतबाहिर रहेको सर्भरमा पठाइरहेको बताइएको थियो ।

     लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुई देशको तनाव बढेको खबर आएलगत्तै भारतले चीनको थप एक सय १८ एप्स प्रतिबन्ध गर्ने निर्णय गरेको हो । भारत सरकारले यसअघि जुन महिनामा पनि चीनसँग जोडिएका ५९ एप्समा प्रतिबन्ध लगाएको थियो, त्यसमा टिकटक पनि सामेल थियो ।

     

    बिहिवार, भाद्र १८ २०७७०७:०३:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार