बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बन्यो थोपा पानीले १०० एलईडी बल्ब बल्ने जेनेरेटर

बन्यो थोपा पानीले १०० एलईडी बल्ब बल्ने जेनेरेटर

मेगा खबर संवाददाता

१७, भाद्र २०७७
  • 3.4K
    SHARES

  • बन्यो  थोपा पानीले १०० एलईडी बल्ब बल्ने जेनेरेटर

    एजेन्सी – हङकङ विश्वविद्यालयका इन्जिनियर र प्राध्यापक जुआनकाई वांगका अनुसार यो जेनेरेटरको माध्यमबाट १५ सेन्टिमीटरको उचाईबाट पानीको १०० माइक्रोलीटरको एक थोपाबाट १४० भोल्ट उर्जाको उत्पादन हुन सक्छ ।

    वैज्ञानिकले लामो समयसम्म यो प्रोजेक्टमा काम गरेको र हाल मात्रै यसमा सफलता मिलेको बताइएको छ ।यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्ला । तर यो विलकुल सत्य कुरा हो वैज्ञानिकहरुले सधैजसो विभिन्न किसिमका नयाँ आविष्कारहरु गरिरहेका छन् । जसले विश्वलाई एक नयाँ दिशातर्फ लगिरहेको छ ।

    एक यस्तै किसिमको आविष्कार युनिभर्सिटी अफ हङकङका वैज्ञानिकले गरेका छन् । उनीहरुले यस्तो जेनेरेटरको आविष्कार गरेका छन्, जसले वर्षाको केबल १ थोपा पानीले १०० एलईडी बल्ब बाल्न सक्छ ।

     यो शोधलाई जर्नल नेचरको नयाँ अंकमा प्रकाशित गरिएको छ ।

     

    जेनेरेटरले कसरी काम गर्छ ? मीडिया रिपोर्टका अनुसार यो जेनेरेटर उच्च क्षमता भएको रहेको छ । यो जेनेरेटर एक पटकमा आफ्नो क्षमता भन्दा कैयौं गुणा अधिक उर्जाको उत्पादन गर्न सक्षम रहेको छ । यो जेनेरेटरबाट आगामी समयमा वर्षाको पानीको पनि भरपुर प्रयोग गर्न सकिन्छ र बिजुलीको उत्पादनको क्षमता पनि बढाउन सकिन्छ । 

    प्राध्यापक जुआनकाई वांगका अनुसार यो जेनेरेटरमा २ इलेक्ट्रोड हुन्छ । जसमा एक आल्मुनियम र अर्को पोलिटेट्राफ्लूरोएथिलीन इलेक्ट्रोड हुन्छ । यसको उपयोग धेरै स्थायी हुन्छ । जब यसमा वर्षाको थोपो पर्छ यसबाट बिजुली उत्पादन हुन्छ । यसबाट उर्जाको उत्पादन पनि अधिक भन्दा अधिक हुन्छ ।

    बुधवार, भाद्र १७ २०७७०७:२१:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार