काठमाडौं । नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य बढेको छ । मंगलवार सुनको मूल्य तोलामा रू–९०० बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवारका लागि छापावाला सुनको मूल्य प्रतितोला रू–९८ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रू–९७ हजार ९०० मा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि सामान्य वृद्धि भएर प्रतितोला रू–१ हजार ३९५ मा कारोबार भइरहेको छ ।
सोमवार पनि सुनको मूल्य तोलामा रू–३०० ले बढेको थियो। उक्त दिन प्रतितोला छापावाला सुन रू–९७ हजार ५०० र तेजाबी सुन रू– ९७ हजारमा कारोबार भएको थियो। बजारमा गत शुक्रवारदेखि सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।
विश्व भर कोरोना महामारीपछि सुनको मूल्यमा वृद्धि भइरहेको छ । सुनमा गरिएको लगानी सुरक्षित मानिने गरेकाले यसमा लगानाी बढ्दा मुल्य वृद्धि हुन पुगेको सनचाँदी व्यवसायीहरु बताउँछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।