यो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको एक हो । सास फेर्ने र अक्सिजन लिने सम्पूर्ण प्रक्रिया फोक्सो मार्फत हुन्छ । हामीले फोक्सोको सहाराले मात्र सास फेर्न सक्छौँ ।
शरीरका अन्य अंगहरू जस्तै, फोक्सोले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले पनि फोक्सोलाई स्वस्थ राख्न निकै जरुरी हुन्छ । आजकाल मानिसको फोक्सो सुन्निने समस्या निकै तीव्र गतिमा बढिरहेको छ । न्युमोनिटिस फोक्सो सुन्निनुको साधारण स्थिति हो ।
यस्तो अवस्थामा फोक्सोको तन्तु सुन्निन्छ । निमोनिया पनि एक प्रकारको न्युमोनाइटिस नै हो, किनभने यसले फोक्सो सुन्नाउने काम गर्छ । फोक्सो सुन्निँदा थुप्रै समस्या निम्तिन सक्छन् । जस्तै फोक्सोको संक्रमण, दम वा ब्रोन्काइटिस, सास फेर्न गाह्रो हुने, छाती दुख्ने र कडा हुने जस्ता समस्याहरू यसले निम्त्याउने गर्छ ।
यसको समय हुँदा नै उपचार गर्न निकै अत्यावश्यक छ । नभए अवस्था गम्भीर हुन सक्छ । यहाँ प्रश्न के उठ्छ भने फोक्सो सुन्निएको कसरी पत्ता लगाउने? जब फोक्सो सुन्निन्छ, शरीरमा धेरै संकेत र लक्षणहरू देखा पर्दछ, जसलाई पहिचान गरेर तपाईंले तुरुन्तै डाक्टरसँग सम्पर्क गर्न सक्नुहुन्छ ।
फोक्सो सुन्निने लक्षण
– कुनै पनि शारीरिक क्रियाकलाप गर्दा थकान महसुस हुन्छ
– छातीमा भारीपन महसुस हुनु, बेचैन हुनु
– सास फेर्न गाह्रो महसुस
– खोक्दा खकारमा रगत देखिनु
– चिन्ता लाग्नु सास फेर्न गाह्रो
– स्वाँस्वाँ हुनु र धेरै नै हावा चाहिएको जस्तो महसुस हुनु
– सास फर्ने नसक्नु, घ्यारघ्यार हुनु र चिसो महसुस हुनु
फोक्सो सुन्निँदा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण कुराहरू
– स्वस्थ र पोषक तत्वले भरपुर आहार खानुहोस् ।
– मसालेदार, तेल र जंक फुडको अत्यधिक सेवन नगर्नुहोस् ।
– धेरै पानी पिउनुहोस्, ताकि फोक्सो हाइड्रेटेड होस् ।
– रक्सी र धुम्रपानबाट टाढै रहनुहोस् ।
– उच्च प्रदूषण र धुलो भएको ठाउँमा नजानुहोस् ।
– मास्क लगाउनु होस् ।
– योग अभ्यास गर्नुहोस् ।
– भारी व्यायाम गर्नबाट बच्नुहोस् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।