नयाँदिल्ली । कोरोनाभाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप बिग्रिएको चिकित्सकहरुले बताएका छन् ।
दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटललले विज्ञप्ति जारी गर्दै उनको अवस्थामा नियमित रुपमा गिरावट आएको जनाएको छ । मुखर्जी पछिल्लो केही वर्षयता फोक्सो सम्बन्धी स्वास्थ्य समस्याबाट गुज्रिँदैआएका थिए ।
अगस्टको दोस्रो साता अचानक बिरामी भएपछि उनलाई सैनिक अस्पताल लगेर भर्ना गरि कोरोना परीक्षण गर्दा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।
अस्पतालका अनुसार उनी अहिले भेन्टिलेटर सपोर्टसहित कोमामै छन् । साथै फोक्सोमा संक्रमणका कारण मुखर्जी सेप्टिक सकमा भएको बताइएको छ । उनको उपचारमा सक्रिय चिकित्सक टोलीका अनुसार उनको रक्तचापमा अत्यधिक गिरावट आएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।