बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लद्दाखमा फेरि भारत र चिनियाँ सेनाबीच झडप

लद्दाखमा फेरि भारत र चिनियाँ सेनाबीच झडप

मेगा खबर संवाददाता

१५, भाद्र २०७७
  • 3.1K
    SHARES

  • लद्दाखमा फेरि भारत र चिनियाँ सेनाबीच झडप

    काठमाडौं । चिनियाँ सेनाले पूर्वी लद्दाखको सीमामा भएको सहमति उल्लंघन गरेकाले भारत र चिनियाँ सैनिकबीच फेरि झडप भएको भारतले जनाएको छ ।

    भारतले चिनियाँ सैनिकहरूले उक्साहटपूर्ण कदमहरू चाल्दा भारतले त्यसको प्रतिकार गरेको जनाएको छ ।

    भारतीय सेनाले विज्ञप्तिमा भनेको छ, ‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सैनिकहरूको उक्साहटपूर्ण कदमलाई रोकेको छ । भारतीय सेना वार्ताबाट शान्ति पुनर्स्थापनाको पक्षमा छ तर यसको साथै आफ्नो क्षेत्रको अखण्डतालाई जोगाउन पनि प्रतिबद्ध छ । यस विवादबारे ब्रिगेड कमाण्डर तहमा बैठक भइरहेको छ ।’

    भारतीय सेनाका अनुसार यो झगडा २९ अगस्टको रातमा भएको थियो । भारतीय सेनाले चिनियाँ जनमुक्ती सेना (पीएलए) ले सीमामा यथास्थिति परिवर्तन गर्न खोजेको थियो, तर सतर्क भारतीय सैनिकहरूले त्यसो हुन नदिएको बताइएको छ । एजेन्सी

    सोमवार, भाद्र १५ २०७७१२:२४:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार