शाङ्सी । चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।
स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन् ।
शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृत्यु भएको तथा २८ जना घाइते भएको विवरण प्राप्त भएको थियो । घाइतेमध्ये अझै पनि सात जनाको अवस्था गम्भीर रहेको छ ।
होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । उक्त घटनाको छानबिनका लागि एक समिति नै बनाइएको छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।