बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सिरिया : इस्लामिक स्टेटसँगको भिडन्तमा एक साता ४८ सैनिकको मृत्यु 

सिरिया : इस्लामिक स्टेटसँगको भिडन्तमा एक साता ४८ सैनिकको मृत्यु 

मेगा खबर संवाददाता

१४, भाद्र २०७७
  • 2.4K
    SHARES

  • सिरिया : इस्लामिक स्टेटसँगको भिडन्तमा एक साता ४८ सैनिकको मृत्यु 

    दमास्कस। सिरियाली इस्लामिक स्टेट (आईएस) लडाकूको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सिरियाली सैनिकको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् ।  

    आइएसमाथि रूसको सहयोगप्राप्त सिरियाली सेनाले हवाई आक्रमणहरू समेत गरेको थियो । आइएस लडाकूतर्फ २२ र सरकारी ४८ सैनिकको मृत्यु भएको ‘सिरियन अब्जरर्भेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । आक्रमणपछि सरकार समर्थक ५२ लडाकू पनि सम्पर्कमा नआएको बताइएको छ ।  

    बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार उक्त आक्रमणमा रुसको सहयोगमा विद्रोहीविरूद्ध हवाई आक्रमणसमेत भएको थियो । सिरियाली आइएस समूहले मुलुकका अन्य भागमा नियन्त्रण गुमाइसकेको भए पनि दुर्गम पूर्वी होम्स र देइर अल–जौर प्रान्तलाई अझै आफ्नो प्रभाव क्षेत्रका रूपमा जोगाउन सफल छ । 

     

    आइतवार, भाद्र १४ २०७७०६:१८:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार