बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लिबियाली नागरिकलाई शान्त रहन र कानुनी शासनको पालना गर्न राष्ट्रसंघको आग्रह 

लिबियाली नागरिकलाई शान्त रहन र कानुनी शासनको पालना गर्न राष्ट्रसंघको आग्रह 

मेगा खबर संवाददाता

१४, भाद्र २०७७
  • 2.7K
    SHARES

  • लिबियाली नागरिकलाई शान्त रहन र कानुनी शासनको पालना गर्न राष्ट्रसंघको आग्रह 

     त्रिपोली। लिवियामा कार्यरत संयुक्त राष्ट्रसंघको सहयोग नियोग (युएनएसएमआईएल)ले लिवियामा समावेशीे राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको बताएको छ ।  संयुक्त राष्ट्र संघीय निकायले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘लिवियामा घटनाक्रमले नाटकीय मोड लिन थालेको देखिएको छ । 

    यसले लिवियामा द्वन्द्वरत पक्षहरू पूर्ण र समावेशी राजनीतिक प्रक्रियामा फर्किनुपर्ने आवश्यकतालाई जोड दिएको छ । मर्यादा र शान्तिका लागि लिबियावासीहरूको आकांक्षालाई उनीहरूको प्रतिनिधित्व गर्ने सरकारले पूरा गर्न जरुरी छ ।’ राष्ट्रसंघीय उक्त निकायले लिबियाली नागरिकलाई शान्त रहन, कानुनी शासनको पालना गर्न र अधिकार संरक्षणको लागि शान्तिपूर्वक आफ्नो विचार व्यक्त गर्न आग्रह गरेको छ ।  

    राष्ट्रसंघीय नियोगले लिवियाभरि मनोमानीरूपमा गिरफ्तार, नजरबन्द, आन्दोलन र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको र शान्तिमय सभा र विरोधको अधिकारसहित मानव अधिकार उल्लङ्घनको रिपोर्टमा वृद्धि भएको दावी गरेको छ ।  संयुक्त राष्ट्र संघले प्रदर्शनकारीविरूद्ध राजधानी त्रिपोलीमा अत्यधिक बलको प्रयोगको साथसाथै धेरै नागरिकलाई मनोमानीरूपमा गिरफ्तार गरेकोमा चिन्ता व्यक्त गरेको छ ।  

    मिसनले त्रिपोलीदेखि ४५० किलोमिटर पूर्वमा अवस्थित सिर्ते सहरमा चलिरहेको मानवअधिकार उल्लङ्घन र दुब्र्यवहारका रिपोर्टप्रति पनि चिन्ता व्यक्त गरेको छ । सिर्तेमा नागरिकको अपहरणपछि हत्या र धेरैलाई मनोमानी गिरफ्तार, र निजी सम्पत्तीमा अवैध रुपमा हस्तक्षेप भएकोप्रति पनि चिन्ता व्यक्त गरिएको छ ।  सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतन भएदेखि नै लिवियामा हिंसा र राजनीतिक अस्थिरता बढेको छ ।

     

    आइतवार, भाद्र १४ २०७७०६:१५:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार