बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा यस्ता छन् फाइदा

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा यस्ता छन् फाइदा

मेगा खबर संवाददाता

२७, भाद्र २०७९
  • 2.0K
    SHARES

  • बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा यस्ता छन् फाइदा

    किसमिस एक ड्राई फ्रुट हो । किसमिसलाई ऊर्जाको पावर हाउस भनिन्छ । यसमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ, जुन शरीरका लागि फाइदाजनक हुन्छ । किसमिसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

    किसमिस भिजाएर सेवन गर्दा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । यसबाहेक किसमिस भिजाउँदा यसको प्रभाव चिसो हुन्छ । बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा धेरै रोग निको हुन्छ । यसले रक्तचाप नियन्त्रणमा मद्दत गर्छ । 

    हड्डी बलियो बनाउन

    बिहान खाली पेट भिजाएको किसमिस खानु हड्डी बलियो बनाउन निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । त्यसैले हरेक बिहान खाली पेटमा भिजाएर किसमिस खान सल्लाह दिइन्छ ।

    रक्तचाप नियन्त्रण गर्न लाभदायी

    ​बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा रक्तचाप नियन्त्रण गर्न निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा पोटासियम प्रचुर मात्रामा पाइन्छ, जसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

    शरीरमा रगतको कमी हटाउन फाइदाजनक

    शरीरमा रगतको कमीलाई हटाउन बिहान खाली पेटमा भिजाएको किसमिस खानु निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा आइरन प्रचुर मात्रामा पाइन्छ । यस बाहेक यसमा भिटामिन बी कम्प्लेक्स पाइन्छ । रगतको कमी हुँदैन । हरेक बिहान खाली पेटमा भिजाएर किसमिस खाँदा शरीरमा रगतको कमी हट्छ । 

    सोमवार, भाद्र २७ २०७९०८:१२:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार