बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको निधन

“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको निधन

मेगा खबर संवाददाता

१३, भाद्र २०७७
  • 1.9K
    SHARES

  • “व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको  निधन

    एजेन्सी । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । 

    क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।   

    ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात भएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका थिए ।

    उनको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो । 

    दक्षिण क्यारोलिनामा जन्मिनु भएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उनका समर्थकहरुले विश्वभरीबाट उनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

    शनिवार, भाद्र १३ २०७७०६:००:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार