बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पाकिस्तानमा भिषण बाढी पहिरो, कम्तीमा ३० जनाको मृत्यु

पाकिस्तानमा भिषण बाढी पहिरो, कम्तीमा ३० जनाको मृत्यु

मेगा खबर संवाददाता

१३, भाद्र २०७७
  • 2.3K
    SHARES

  • पाकिस्तानमा भिषण बाढी पहिरो, कम्तीमा ३० जनाको मृत्यु

    कराँची । पाकिस्तानमा भिषण बाढी र पहिरो आएको बताइएको छ । केही दिनयता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको हो ।

    पाकिस्तानको कराँचीमा बाढीले बढी क्षति पुर्याएको समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार र शुक्रबार जारी रहेको अविरल वर्षा र त्यसपछिको बाढीले गर्दा त्यहाँ कम्तीमा पनि ३० जना नागरिकको ज्यान गएको बताइएको छ । पाकिस्तानको एक पत्रिका ‘डन’ले दिएको जानकारीअनुसार पाकिस्तानमा गएको कम्तीमा पनि ९० वर्षको रेकर्डभन्दा पनि बढी वर्षा भएको छ । 

    कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो ।भारी वर्षा र बाढीले कराँची शहरलाई ठूलो क्षति पु¥याएको छ । यहाँ हजारौँको संख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ । 

    बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन् । अकस्मातको भारी वर्षाका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । त्यसैगरी यहाँका धेरै क्षेत्रमा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ ।

    वर्षा नरोकिएकोले अझै सतर्क रहन स्थानीय प्रशासनहरुले सूचना जारी गरेका छन् । आवश्यक सहयोगका लागि ठूलो संख्याका उद्धारकर्मी र सेना परिचालन गरिएको बताइएको छ ।  

    शनिवार, भाद्र १३ २०७७०२:२०:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार