एजेन्सी। भारतको अण्डमान द्वीप समुहको निकोबार टापुमा रहने दुर्लभ जनजातीका केहि सदस्यलाई कोरोना संक्रमण भएको छ ।
बिबिसीका अनुसार ग्रेट अण्डमानिज जनजातिका चार सदस्यलाई कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल भर्ना गरिएको छ भने दुई जनालाई केयर सेन्टरमा क्वारेन्टाइनमा राखिएको छ । ग्रेट अण्डमानिज जनजातीका अब केवल ५३ जना मात्र बाँकी रहेको बताईन्छ भने उनीहरु अण्डमान निकोबार द्वीप समुहका ३७ द्वीप् मध्ये एकका निवासीहरु हुन् ।
त्यस्तै अण्डमान निकोबार द्वीप समुहको पूर्वी हिस्सामा भने अहिलेसम्म २९८५ जनामा कोरोना पुष्टि भएको छ । जसमा ४१ जनाको ज्यान गएको छ । यँहा सबैभन्दा पहिला जुनमा कोरोना पुष्टि भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।