मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

रोटरी क्लब अफ पशुपति काठमान्डौंद्धारा ह्वील चेयर वितरण

रोटरी क्लब अफ पशुपति काठमान्डौंद्धारा ह्वील चेयर वितरण

मेगा खबर संवाददाता

३, श्रावण २०७९
  • 3.3K
    SHARES

  • रोटरी क्लब अफ पशुपति काठमान्डौंद्धारा ह्वील चेयर वितरण

    काठमान्डौँ । रोटरी क्लब अफ पशुपति काठमान्डौँले विभिन्न स्वस्थ्य संस्थालाई ह्वील चेयर तथा खाद्यन्न सामग्री वितरण गरेको छ ।

    रोटरी क्लब अफ पशुपति काठमान्डौँले निवर्तमान अध्यक्ष शशिराज पाण्डेको ७६ औँ जन्मदिनको अवसरमा सोमबार पहिलो सर्भिस प्रोजेक्ट अन्तर्गत ललितपुरको खोकना स्थित डिजेबल्ड सर्भिस एशोसियशनलाई विभिन्न खाद्यान्न सामग्री र ह्वील चेयर सहयोग गरेको छ ।

    यसैबिच क्लबले दोश्रो सर्भिस प्रोजेक्ट अन्र्तगत काठमान्डौँको जोरपाटी स्थित अर्थोपेडिक हस्पिटललाई ७ थान, अपांग संघ नेपाललाई १० थान र समता हस्पिटल बौद्धलाई ३ थान गरी २० थान ह्वील चेयर समेत वितरण गरिएको रोटरी क्लब अफ पशुपति काठमान्डौँका अध्यक्ष भुवन सिंह कुँवरले जानकारी दिनुभयो ।

    गत शुक्रबार एयरपोर्ट होटल काठमाण्डौंमा भएको क्लबको २५ औँ पदस्थापना कार्यक्रममा अध्यक्षको पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष कुँवरले आफ्नो कार्यकालमा मानवीय सेवा र सामाजिक कार्यमा क्लवले यो पहिलो अभियान शूरु गरेको र आगामी दिनमा अझै सामाजिक एवं रचनात्मक कार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

    मंगलवार, श्रावण ३ २०७९०६:५०:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार