बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हेडफोनले विश्वभरीका मानिस बहिरोपनको बने शिकार

हेडफोनले विश्वभरीका मानिस बहिरोपनको बने शिकार

  • 1.8K
    SHARES

  • हेडफोनले विश्वभरीका मानिस बहिरोपनको  बने शिकार

    फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धि समस्या भइरहेको पत्ता लागेको छ ।

    उनीहरु क्रमशः बाहिरोपनको शिकार भइरहेका छन् । अर्थात्, यहाँको २५ प्रतिशत जनसंख्या यसबाट प्रभावित भइरहेका छन् ।

    सन् २०५० सम्म २५० करोड मानिसको श्रवण शक्ति गुम्ने खतरा

    अनुसन्धानमा पाइए अनुसार केही मानिसको सुगर वा डिप्रेशनका कारण श्रवण शक्ति गुमिरहेको छ । यस्तै केही मानिसहरुलाई एक्लोपन, शहरको कोलाहल र हेडफोनको प्रयोगका कारण यस्तो समस्या भइरहेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरी लगभग १५० करोड मानिसमा कुनै न कुनै रुपमा  श्रवण सम्बन्धि समस्या देखिएको छ । यो संख्या सन् २०५० सम्म बढेर २५० करोड हुने सम्भावना छ । यसलाई स्वास्थ्य समस्याको रुपमा हेरिएको छ ।

    डिप्रेशन र हल्लाका कारण मानिसहरु भइरहेछन् बहिरोपनको शिकार

    फ्रान्समा पहिलो पटक यस्तो खालको व्यापक अनुसन्धान गरिएको हो । यसमा १८ देखि ७५ वर्षको उमेरका १,८६,४६० व्यक्तिलाई समावेश गरिएको थियो । अनुसन्धानकर्ताले सुरुमा सानो परिमाणमा अनुसन्धान गरिएको स्वीकार्दै यसपटक गरिएको अनुसन्धान अनुसार मानिसहरुमा श्रवण शक्ति गुम्नुका कारणमा जीवनशैली, सोसल आइसोलेशन वा डिप्रेशन अथवा ठूलो आवाजको सम्पर्कमा आएका कारण भइरहेको जानकारी दिए ।

    फ्रान्समा ३७ प्रतिशत मानिसले मात्रै गर्छन् ‘हियरिङ एड’ (श्रवण यन्त्र) को प्रयोग

    फ्रान्समा ३७ प्रतिशत मानिसले मात्रै ‘हियरिङ एड’ को प्रयोग गर्छन् । धुम्रपान गर्ने मानिस र उच्च बडी मास इन्डेक्स (बीएमआई) भएका मानिसले पनि हियरिङ एडको कमै प्रयोग गरिरहेका छन् । बढ्दो समस्यालाई मध्यनजर गर्दै पछिल्लो वर्ष फ्रान्सको स्वास्थ्य विभागले निःशुल्क श्रवण यन्त्र उपलब्ध गराएको थियो । श्रवण यन्त्रका लागि बीमाको प्रावधान पनि लागू गरिएको छ ।

    बिहिवार, आषाढ ९ २०७९०५:५४:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार