काठमाडौं । टिकटक र अमेरिकाको विवाद अब अदालतमा पुगेको छ । टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबन्ध लगाउने कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्धा दायर गरेको छ ।
टिकटकले राजनीतिक रुपमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइएको भन्दै राष्ट्रपतिको कार्यकारी आदेशको विरुद्ध मुद्धा दायर गरेको हो । टिकटकको मुख्य कम्पनि बाइटडान्सले क्यालिफोर्नियाको फेडेरल कोर्टमा मुद्दा दायर गर्दै टिकटकले आफुलाई लागेको आरोपको बारेमा बोल्ने मौका नै नदिएर प्रतिबन्ध लगाइएको उल्लेख गरिएको सिएनएनले लेखेको छ ।
टिकटकले आफूमाथि लगाइएका आरोपको बारेमा डिफेन्ड गर्ने अवसर नै नदिइएको आरिप लगाएको छ । साथै टिकटकले अमेरिकामा १० हजारभन्दा बढीलाई रोजगार दिएको र लाखौ अमेरिकीले टिकटक बाट लिएको मनोरंजनको अवसर खोसिने डर उत्पन्न भएको अदालतलाई बताएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।