बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शरीरमा जिंकको कमी हुँदा पनि धेरै किसिमका समस्या हुने गर्छ

शरीरमा जिंकको कमी हुँदा पनि धेरै किसिमका समस्या हुने गर्छ

मेगा खबर संवाददाता

२६, बैशाख २०७९
  • 2.1K
    SHARES

  • शरीरमा जिंकको कमी हुँदा पनि धेरै किसिमका समस्या हुने गर्छ

    खानामा शरीरका लागि आवश्यक पौष्टिक तत्व हुनु अति आवश्यक हुन्छ ।

    शरीरमा जिंकको कमी हुँदा पनि धेरै किसिमका समस्या हुने गर्छ । जिंकले शरीरलाई स्वस्थ राख्ने मात्र काम गर्दैन, यसको सेवन मस्तिष्कका लागि पनि निकै उपयोगी हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर २ अर्ब मानिस शरीरमा जिंकको कमीबाट पीडित छन् । शरीरमा जिंकको कमीले मांसपेशीमा क्षति पुर्याउँछ । जसका कारण तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ । जसका कारण आँखा सम्बन्धी समस्या हुने खतरा पनि हुन्छ । शरीरमा जिंक पर्याप्त मात्रामा हुँदा संक्रमणसँग लड्न शरीरलाई फाइदा मिल्छ । जसका कारण तपाईंको दिमाग पनि तेजिलो रहन्छ ।

    शरीरमा जिंकको कमी हुँदा केही लक्षण देखा पर्छन्, जसलाई बुझेर यसको कमी पूरा गर्न सकिन्छ । शरीरमा पर्याप्त मात्रामा जिंक भएमा मोटोपनाको शिकार हुनबाट बच्न सकिन्छ । यसले तपाईंको दिमागलाई स्वस्थ राख्न र स्मरणशक्ति बढाउने  काम गर्छ । तपाईंको शरीरमा जिंकको कमीले तपाईंको शारीरिक विकासलाई असर गर्छ ।

    जसका कारण प्रजनन प्रक्रियामा पनि समस्या आउन सक्छ । तपाईंको शरीरमा जिंकको कमी छ भने तपाईले यी लक्षणहरू देख्न सक्नुहुन्छ ।

    १, भोक नलाग्नु पनि शरीरमा जिंकको कमीको लक्षण मानिन्छ ।

    २, शरीरमा जिंकको कमीले गन्ध र स्वाद गुमाउन सक्छ ।


    ३, यस कारणले गर्दा तपाईको तौल अचानक घट्न सक्छ ।

    ४, जिंकको कमीका कारण तपाईंको कपाल झर्न थाल्छ ।


    ५,, शरीरमा जिंकको कमी भएमा झाडापखालाको समस्या हुनसक्छ ।


    ६, यसका कारण छालामा घाउ हुने समस्या पनि हुन्छ ।


    ७, जिंकको अभावमा तपाईंको शरीरमा लागेको चोट वा घाउ छिट्टै निको हुँदैन ।

    शरीरमा जिंकको कमीलाई पूरा गर्ने खानेकुराहरू

    शरीरमा जिंकको कमी भएमा धेरै गम्भीर समस्या हुन सक्छ । जसका कारण शरीरको विकास मात्र प्रभावित हुँदैन, दिमाग पनि कमजोर हुन्छ । यदि शरीरमा जिंकको कमी छ भने, तपाईले जिंकयुक्त खानेकुराको सेवन गर्नुपर्छ ।

    राम्रो मात्रामा जिंक भएको खानेकुरालाई डाइटमा समावेश गरेर यस समस्याबाट बच्न सकिन्छ । यदि शरीरमा जिंकको कमी छ भने, तपाईंले आफ्नो आहारमा फ्ल्याक्स सिड्स, च्याउ, बदाम, एल्मोन्ड, अण्डाको पहेँलो भाग, सिमी, फर्सीको बीउ र कोको पाउडर समावेश गर्नुपर्छ । च्याउ, बदाम, तिल र दही जस्ता खानेकुरामा पनि पर्याप्त मात्रामा जिंक पाइन्छ ।

    शरीरमा जिंकको कमी छ भने यसले तत्कालै खासै गम्भीर समस्या ल्याउँदैन तर यदि यो कमी लामो समयसम्म रह्यो भने तपाईंले गम्भीर समस्याको सामना गर्नुपर्ने हुन सक्छ । गर्भवती महिला वा सुत्केरी महिलाहरूले जिंकको कमीको कुनै लक्षण देखिएमा तुरुन्तै आफ्नो डाक्टरलाई सम्पर्क गर्नुपर्छ । शरीरमा जिंकको कमी हुन नदिन विज्ञसँग परामर्श लिएर राम्रो मात्रामा जिंक भएको खानेकुरालाई आहारमा समावेश गर्न सकिन्छ ।

    सोमवार, बैशाख २६ २०७९०६:१८:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार