महको सेवनले शरीरलाई विभिन्न खालका फाइदा दिन्छ । यसमा कार्बोहाइड्रेट,प्रोटिन,भिटामिन ए,बी, सी,आयरन,म्याग्नेसियम, क्याल्सियम,फस्फोरस,पोटासियम,सोडियम आदि पोषक तत्व पाइन्छन् ।
महको स्वाद मात्रै मिठो होइन, यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । मह स्वास्थ्यका लागि फाइदाजनक हुनुका साथै केही मानिसका लागि यो हानिकारक हुनसक्छ ।
दाँतलाई हानी
स्वास्थ्य विज्ञका अनुसार तपाईंले दिनभरी महको कति मात्रा सेवन गर्नुहुन्छ भन्ने कुराको ध्यान दिन आवश्यक छ । महको अत्यधिक सेवनले दाँतमा किरा लाग्ने र गिजामा समस्या निम्त्याउँछ ।
यी मानिसहरु सावधान रहनुहोस्
फ्रुक्टोज महमा पाइने सुगरको मुख्य स्रोत हो । यसलाई ध्यानमा राख्दै फ्याटी लिभरको रोगद्वारा पीडित मानिसका लागि यो खतरनाक हुनसक्छ । ऊर्जाका अन्य स्रोतको तुलनामा फ्रुक्टोजको मेटाबोलाइजेशन भिन्न तरिकाले हुन्छ । फ्रुक्टोजलाई कलेजोले मेटाबोलाइज गर्छ जसले फ्याटी लिभर भएकाहरुका लागि निकै समस्या पैदा गर्नसक्छ । फ्याटी लिभर भएकाहरुले रक्सीको सेवन नगर्न र सिमित मात्रामा फ्रुक्टोजको सेवन गर्न सल्लाह दिइन्छ ।
एलर्जीको लक्षणलाई महले कम गर्दैन
एलर्जीको समस्यालाई निको पार्नका लागि महले कुनै मद्दत नगर्ने कुरा तपाईंले बुझ्नुपर्छ । जसलाई परागको कणसँग एलर्जी छ उनीहरुले मह सेवन गर्नुहुँदैन । यसले एलर्जी थप बढ्ने खतरा हुन्छ ।
मधुमेहका बिरामीका लागि
महमा फ्रुक्टोजको मात्रा पाइन्छ जुन सुगरको मुख्य स्रोत हो । यस्तोमा यसको अत्यधिक सेवन गर्दा मधुमेहका बिरामीको ब्लड सुगरको स्तर बढ्न सक्छ ।
मह खाँदा यी सावधानी अपनाउनुहोस्
मधुमेह
महमा चिनी हुन्छ र यसको कम मात्रामा प्रयोग गर्नुपर्छ । अत्यधिक मात्रामा महको उपयोग गर्दा टाइप–टु मधुमेहका रोगीमा ब्लड सुगरको स्तर बढ्न सक्छ ।
बच्चा
१२ महिनाभन्दा कम उमेरका शिशुले मह खानु हुँदैन । यसले शिशुमा क्लोस्ट्रिडियम संक्रमणको खतरा निम्त्याउँछ । यो ठूला बच्चाहरुका लागि भने सुरक्षित मानिन्छ ।
पोलन एलर्जी
पोलन एलर्जीलाई हे फिभर पनि भनिन्छ । मह परागले बन्छ र यसले एलर्जी हुनसक्छ । यदि तपाईंलाई फूलको पारगसँग एलर्जी छ भने महको सेवन नगर्नुहोस् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।