बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कफी पिउँदा कम हुन्छन् यस्ता रोगको खतरा

कफी पिउँदा कम हुन्छन् यस्ता रोगको खतरा

मेगा खबर संवाददाता

१८, बैशाख २०७९
  • 1.5K
    SHARES

  • कफी पिउँदा कम हुन्छन् यस्ता रोगको खतरा

    स्वादिलो र स्वस्थकर कफी पिउँदा शरीर ऊर्जावान् हुन्छ र यसले मुडलाई राम्रो बनाउँछ ।

    धेरै मानिस दिनको सुरुवात १ कप स्ट्रङ कफीबाट गर्न रुचाउँछन् । हालै भएको अनुसन्धान अनुसार कफी सेवनले केही गम्भीर रोग जस्तै टाइप टु डायबिटिज, फ्याटी लिभर डिजिज र केही क्यान्सरबाट समेत राहत दिन्छ । अनुसन्धानमा बताइए अनुसार यदि कसैले मध्यम मात्रामा कफीको सेवन गर्छन् भने उनीहरुलाई मुटुजन्य रोगको जोखिम पनि कम रहन्छ । तर अत्यधिक कफीको सेवन शरीरका लागि हानीकारक पनि हुनसक्छ ।

    डाइटिसियन हेलेन बन्डका अनुसार उमालिएको कफीमा क्याफेस्टोल र कहवेओल नामक प्राकृतिक तेल हुन्छ जसले कोलेस्ट्रोलको उत्पादन कम गर्छ । आजको समयमा धेरैजसो मानिस फिल्टर्ड कफीको सेवन गरिरहेका छन् जसले मानिसलाई कम फाइदा प्रदान गरिरहेको छ । जामा इन्टरनेशनल मेडिसिनमा प्रकाशित भएको अनुसन्धान अनुसार दैनिक कफीको सेवनले मुटुको समस्यालाई ३ प्रतिशतसम्म कम गर्न सकिन्छ । क्याफिनको मात्रा हरेक व्यक्तिमा भिन्न भिन्न हुनसक्छ । 

    कप कफी 

    प्रिभेन्टिभ कार्डियोलोजीको युरोपेली जर्नलमा प्रकाशित एक शोध अनुसार यदि कोही व्यक्ति दिनमा ३ कप वा सोभन्दा बढी कफीको सेवन गर्छन् भने उनीहरुलाई स्ट्रोकको सम्भावना २१ प्रतिशतसम्म कम हुने गर्छ । यसबाहेक कार्डियोभास्कुलर डिजिजको खतरा १२ प्रतिशतसम्म र १७ प्रतिशतसम्म मृत्युको खतरा कम हुने गर्छ ।

    कप कफी

    १ कप कफीमा लगभग १०० एमजी क्याफिन हुन्छ । दैनिक एक कफ कफीको सेवनले अलर्टनेस बढ्छ र बाउल मुभमेन्टमा मद्दत मिल्छ । सन् २०१२ मा जर्नल साइकोफार्मेकोलोजीमा प्रकाशित भएको अनुसन्धान अनुसार जसले १ कप कफी सेवन गर्छन्, उनीहरुलाई कम थकाई लाग्छ र उनीहरु सतर्क रहन्छन् । यसका साथै कफीले डाइजेस्टिभ हर्मोन रिलिज गर्छ जसका कारण पेटको ब्याक्टेरिया सक्रिय हुन्छन् र आन्द्राको स्वास्थ्यमा फाइदा पुग्छ ।

    कप कफीः

    इन्टरनेशनल सोसाइटी अफ स्पोर्ट न्युट्रिशन यूएसका अनुसार जसले दिनमा २ कप कफी पिउँछन् उनीहरुको एक्सरसाइज परफर्मेन्समा निकै सुधार देख्न सकिन्छ । अनुसन्धानमा बताइए अनुसार स्पोर्ट एक्टिभिटी गर्ने जो व्यक्तिले दिनमा २ कप कफीको सेवन गरेका थिए, उनीहरुको एन्ड्युरेन्स र स्पिडमा वृद्धि देखिएको थियो ।

    अनुसन्धानमा समावेश मानिसलाई ३ देखि ६ एमजी प्रतिकिलो तौलको हिसाबले क्याफिन दिइएको थियो । यो हिसाबले यदि कसैको तौल ६५ किलो छ र उनलाई ३ मिलिग्राम प्रतिकिलो बडी वेट क्याफिन दिइयो भने उनलाई कुल १९५ एमजी क्याफिन दिइएको थियो जुन २ कप कफी अर्थात् २०० एमजीको बराबर थियो । साथै, दिनमा २ कप वा सोभन्दा बढी कफीको सेवनले हृदयघात हुने सम्भावना ३० प्रतिशतसम्म कम हुन्छ ।

     कप कफी

    जसले दैनिक ४ वा सोभन्दा बढी कप कफीको सेवन गर्छन् उनीहरुमा नन–अल्कोहोलिक डिजिजको खतरा १९ प्रतिशतसम्म कम हुने गर्छ । साउथेम्प्टन र एडिनबर्ग विश्वविद्यालयको अनुसन्धान अनुसार दैनिक ३–४ कप कफीको सेवनले कलेजो क्यान्सरको खतरा २१ प्रतिशतसम्म कम हुनेगर्छ ।

     कप कफी

    स्विडेनमा करोलिन्स्का इन्स्टिच्युटको अनुसन्धान अनुसार जसले दिनमा ५ कप कफीको सेवन गर्छन् उनीहरुमा टाइप टु मधुमेहको खतरा २९ प्रतिशतसम्म कम हुने गर्छ । कफी बिनमा हुने क्याफिक एसिड र क्लोरोजेनिक एसिडले अमाइलाइड पोलिपेप्टाइड जम्मा हुनबाट रोक्नेगर्छ । यसले इन्सुलिनको उत्पादन गर्ने कोसिकालाई नष्ट गर्नसक्छ । ६ कप कफीः

    बोस्टन युनिभर्सिटीको अनुसन्धान अनुसार ६ कप कफीको सेवनले अर्थराइटिस रोगको जोखिम कम गर्न सकिन्छ । अनुसन्धानका अनुसार जसले दैनिक ६ कप कफीको सेवन गरेका थिए उनीहरुमा अर्थराइटिसको सम्भावना ५९ प्रतिशत कम र जसले दैनिक ५ कप कफीको सेवन गरेका थिए उनीहरुमा अर्थराइटिसको सम्भावना ४० प्रतिशतसम्म कम थियो ।

    अत्यधिक कफी पिउँदा हुनसक्ने हानी

    वेबएमडीका अनुसार क्याफिनयुक्त कफीले अनिद्रा, डर, बेचैनी, पेट खराब हुने, उल्टी हुने, मुटुको धड्कन बढ्ने, सासको गती बढ्नेजस्ता समस्या हुनसक्छन् । यसबाहेक लगातार अत्यधिक कफीको सेवनले टाउको दुख्ने, एंजाइटी, कान कराउने, अनियमित मुटुको धड्कन, टाउको दुख्ने, छाती दुख्नेलयायतका समस्या देखिन सक्छ । क्लिभेलएन्डक्लिनिकका अनुसार सामान्य व्यक्तिले ४ सय मिलिग्राम अर्थात् लगभग ४ कफ कफीभन्दा बढी खानु हुँदैन ।

    आइतवार, बैशाख १८ २०७९०५:५५:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार