एजेन्सी। सीमा क्षेत्रमा विदेशी सैनिकको तैनाथी बढेको भनी बेलारुसका राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले लगाएको आरोपमा कुनै सत्यता नरहेको नेटोले बताएको छ ।
सैन्य पोशाकमा सजिएका राष्ट्रपतिले आफ्नो सैन्य संरचनालाई उच्च सर्तक अवस्थामा राखेको बताएका छन्। दुई हप्ताअघि भएको विवादास्पद चुनावपछि बेलारुसमा प्रदर्शन हुँदै आएको छ ।
राष्ट्रपतिमा एलेक्सान्डर पुनः विजयी भएको घोषणा निर्वाचन आयोगले गरेपछि विपक्षीले चुनावमा गम्भीर धाँधली भएको भन्दै राजधानी मिन्स्कसहित बेलारुसभर प्रदर्शन गर्दै आएका छन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।