बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

दाउदको कराँचीमा घर भएको पाकिस्तानद्वारा स्विकारोक्ति, उनीसहित ८८ चरमपन्थीमाथि लगायो प्रतिबन्ध

दाउदको कराँचीमा घर भएको पाकिस्तानद्वारा स्विकारोक्ति, उनीसहित ८८ चरमपन्थीमाथि लगायो प्रतिबन्ध

मेगा खबर संवाददाता

७, भाद्र २०७७
  • 1.7K
    SHARES

  • दाउदको कराँचीमा घर भएको पाकिस्तानद्वारा स्विकारोक्ति, उनीसहित ८८ चरमपन्थीमाथि लगायो प्रतिबन्ध

    एजेन्सी। अन्डरवर्ल्ड डन दाउद इब्राहिमको घर कराँचीमा भएको र उनीमाथि आर्थिक प्रतिबन्ध लगाइएको पाकिस्तानले एक सूचना जारी गर्दै जानकारी दिएको छ । यद्यपि, पाकिस्तानी विदेश मन्त्रालयले यो कुनै नयाँ सूचना नभएको बताएको छ ।

    १८ अगस्टमा जारी भएको सूचनाको विषयमा स्थानीय पत्रकारले पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद चौधरीले भने, ‘१८ अगस्ट २०२० मा पाकिस्तानले जुन एसआरओ (आधिकारिक सूचना) जारी गरेको छ त्यसले यो प्रमाणित गर्छ कि यसअघि जारी गरिएको एसआरओ पनि एक प्रक्रिया अनुरुप नै थिए । तसर्थ प्रतिबन्धित सूची वा प्रतिबन्ध उपायमा कुनै परिवर्तन भएको छैन ।’

    पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘दुई संयुक्त एसआरओलाई १८ अगस्ट २०२० मा जारी गरियो जुन तालिबान, आइएस र अलकायदालाई संयुक्त राष्ट्रको प्रतिबन्ध सूचीमा स्थान दिने वर्तमान स्थितीलाई देखाउका लागि थियो । यस्ता एसआरओ समय–समयमा सार्वजनिक भइरहन्छन् । यस्तै एसआरओ कानूनी आवश्यकता र अन्तर्राष्ट्रिय जिम्मेवारीसहित विदेश मन्त्रालयले पनि प्रकाशित गर्छ । पछिल्लो एसआरओ सन् २०१९ मा प्रकाशित गरिएको थियो ।’

    प्रवक्ताले भने, ‘यो एसआरओमा संयुक्त राष्ट्रद्वारा प्रतिबन्ध व्यक्ति र संगठनको जानकारी छ । मिडियाका केही तप्काले पाकिस्तानले यी रिपोर्टमार्फत् नयाँ प्रतिबन्ध लगाएको जुन सही नभएको बताइरहेका छन् । यस्तै दाबी भारतीय मिडियाका केही तप्काले पनि एसआरओको आधारमा पाकिस्तानले केही मानिसहरुलाई आश्रय दिइरहेको बताइरहेको छ जुन आधारहीन र भ्रामक हो ।’

    पाकिस्तानी विदेश मन्त्रालयले हालै सार्वजनिक भएको सूचनामा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले जुन व्यक्ति र संगठनमाथि आर्थिक, यात्रा प्रतिबन्धलगायत लागू गरेका छन् पाकिस्ताने ती व्यक्ति र संगठनको सम्पत्ति, बैंक अकाउन्ट नोटिस नगरीकनै जफत गरेको जानकारी दिएको छ ।

    पेरिसस्थित फाइनेन्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० ले पाकिस्तानलाई जून २०१८ मा ग्रे लिस्टमा राख्दै पाकिस्तानले सन् २०१९ सम्म यी संगठन र मानिसहरुमाथि कारवाही गर्न भनेको थियो ।

    111.jpg

    दाउदका कति ठेगानाः

    पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी सूचनामा सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध बिस्फोटका मुख्य आरोपी दाउद इब्राहिमको ठेगाना क्लिफ्टनको ह्वाइट हाउसको रुपमा दर्ता छ । यसबाहेक दाउदको कराँचीमा अन्य दुई स्थानको पनि कुरा गरिएको छ ।

    साथै यसमा दाउदका थुप्रै नामबारे पनि जानकारी दिइएको छ । उनको जन्म महाराष्ट्रको रत्नागिरीमा भएको थियो र उनको भारतीय पासपोर्ट रद्द गरिएको भनेर पनि यो सूचीमा जानकारी दिएको छ ।

    पाकिस्तान सरकारले १८ अगस्टमा सूचना जारी गरेको थियो जसमा ८८ चरमपन्थी संगठन र मानिसहरुमाथि लगाइएको आर्थिक प्रतिबन्धको जानकारी थियो ।

    स्रोतः बीबीसी

    आइतवार, भाद्र ७ २०७७०७:४६:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार