चन्दिगढ । भारतीय सीमा सुरक्षा बलले पाकिस्तानसँगको सीमामा घुसपैठ गर्न खोज्ने पाँच जनालाई गोली हानेको छ।
गोली लागेका पाँचै जनाको मृत्यु भएको द वाइरले जनाएको छ।
भारत र पाकिस्तानबीचको भारतीय क्षेत्र पञ्जाब राज्यमा रहेको सीमामा यस घटना भएको हो।
पञ्जाबको तार्न तरान जिल्लामा मानिसहरु अवैधानिक रुपमा भारत आउन खोजेपछि १०३ बटालिएन समूहले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो।
सुरक्षा बलले आफ्नो सुरक्षाको लागि गोली चलाएको प्रतिक्रिया जनाएको छ। एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।