बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२४ घण्टा नबित्दै पर्सामा कोरोनाको कारण ३ जनाको मृत्यु

२४ घण्टा नबित्दै पर्सामा कोरोनाको कारण ३ जनाको मृत्यु

मेगा खबर संवाददाता

६, भाद्र २०७७
  • 1.9K
    SHARES

  • २४ घण्टा नबित्दै पर्सामा कोरोनाको कारण ३ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमण अध्याधिक फैलिँदा वीरगन्ज क्षेत्रमा शुक्रबार मध्यान्हदेखि शनिबार बिहानसम्म कोरोनाका कारण ३ ज्यानको ज्यान गइसकेको छ । 

    मृतकहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका ५८ बर्षीय पुरुष, वडा नम्बर १० रानीघाटका ४८ बर्षीय पुरुष र बहुदरमाई नगरपालिका डोकैला बहुअरीका ६१ बर्षीय पुरुष रहेको अस्थायी कोभिड बिशेष अस्पताल गण्डकका इन्चार्ज डा निरज कुमार सिंहले बताए । ज्यान जानेहरु मध्ये २ जना वीरगन्ज बजार क्षेत्र भित्रका र एक जना पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुवरीका रहेको नारायणी अस्पतालले जनाएको छ । मृतकहरुको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको डाक्टर सिंहले बताए ।

    मृतकहरुमा डाइविटिज, मुटुको रोगजस्ता दीर्घरोगहरु पनि रहेको थियो । त्यसमा कोरोना थपिएपछि उपचार गर्ने क्रममा निधन भएको डाक्टर सिंहले बताए ।

    शनिबार बिहान मृत्यु भएका विर्ताका ६१ बर्षीय पुरुष सहित पर्सामा कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या २८ पुगेको छ । 

    यता वीरगन्जमा नै उपचारका क्रममा मृत्यु हुनेको कुल संख्या ३६ पुगेको छ । ती सबैमा कोरोना पोजेटिभ देखिएको र केहीको मृत्यु पश्चात कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

    शनिवार, भाद्र ६ २०७७०६:००:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार