बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बढी तौल भएका बालबालिकामा यि रोगको खतरा, फिट राख्ने यी हुन् तरिका

बढी तौल भएका बालबालिकामा यि रोगको खतरा, फिट राख्ने यी हुन् तरिका

मेगा खबर संवाददाता

४, बैशाख २०७९
  • 1.8K
    SHARES

  • बढी तौल भएका बालबालिकामा यि रोगको खतरा, फिट राख्ने यी हुन्  तरिका

    कोरोनाको समयमा बालबालिकाको तौलको वृद्धि भएको छ । अमेरिकी वैज्ञानिकले आफ्नो एक अनुसन्धानमा यो कुराको दाबी गरेका छन् ।

    अनुसन्धानमा बताइए अनुसार महामारीपछि बालबालिका घरबाट बाहिर निस्कन पाइरहेका छैनन् । घरमै बसेका कारण उनीहरुको खाने बानीमा पनि परिवर्तन भएको छ । शारीरिक क्रियाकलाप पनि पहिलेको जस्तो रहेन । जसका कारण उनीहरुको तौलमा वृद्धि भएको छ । जुन गम्भीर रोगको कारण बन्न सक्छ । 

    बालबालिकामा मोटोपन थप खतरनाकः

    तौल बढ्नु एक गम्भीर समस्या हो । यदि बालबालिकाको तौल आवश्यकताभन्दा बढी छ भने उनीहरुमा विभिन्न प्रकारका शारीरिक र मानसिक समस्या हुनसक्छन् । रोबर्ट वुड जनसन फाउन्डेशनका अध्यक्ष डाक्टर रिचर्ड बेसरका अनुसार फिट बालबालिकाको तुलनामा बढी तौल भएका बालबालिकाले आफ्नो शारीरिक र मानसिक क्षमताको कम प्रयोग गर्न सक्छन् । 

    यसरी राख्नुहोस् बालबालिकालाई फिटः

    बालबालिकालाई फिट राख्नका लागि दुईवटा कुरा ध्यानमा राख्नुपर्छ । एउटा उनीहरुको खानपिन र अर्को शारीरिक क्रियाकलाप । एउटा स्वस्थ डाइट चार्ट र तालिका बनाएर तपाईं आफ्नो बालबालिकालाई राम्रो स्वास्थ्य उपहार दिन सक्नुहुन्छ । डाक्टर काट्जा रोवेलका अनुसार तौल बढ्दा निम्तिने समस्या वयस्कको तुलनामा बालबालिकामा बढी भयानक हुन्छ । तसर्थ अभिभावकले उनीहरुको खानपिन र क्रियाकलापप्रति बढी नै सतर्क हुनुपर्छ । 


    बालबालिकालाई फिट राख्ने ५ तरिकाः

    १, जंक फूडको साटो स्वस्थ खानेकुरा दिनुहोस्ः

    विशेषज्ञका अनुसार बालबालिकालाई जंक फूडबाट टाढा राख्न अत्यावश्यक छ । अभिभावकले बालबालिकाका लागि यस्तो विकल्पको खोजी गर्नुपर्छ जुन प्याकेटमा बन्द खानेकुराको विकल्प हुन सकोस् । जंक फूडले बालबालिकामा कोलेस्ट्रोलको स्तर आवश्यकताभन्दा बढी नै बढाइदिन्छ । जसका कारण बालबालिकालाई आवश्यक पोषक तत्वको अत्यधिक कमी हुन्छ र फ्याटका कारण बालबालिकाको तौल बढ्ने गर्छ । 

    ३, दैनिक शारीरिक क्रियाकलाप गराउनुहोस्ः

    बालबालिकाले नियमित शारीरिक क्रियाकलाप गर्न अत्यावश्यक छ । यदि यस्तो भइरहेको छैन भने अभिभावकले यसबारे सोच्नुपर्छ । विज्ञका अनुसार पाँच वर्षभन्दा कम उमेरका बालबालिकाले दैनिक कम्तिमा आधा घण्टाको व्यायाम गर्नुपर्छ । यसले बालबालिकालाई शारीरिक रुपमा फिट त गराउँछ नै उनीहरु मानसिक रुपमा पनि फिट हुन्छन् । 

    ३, बालबालिकाको स्क्रिन टाइम कम गर्नुहोस्ः

    कोरोनाको समयमा बालबालिकामा मोबाइल, कम्प्युटर र टिभीको अगाडि धेरै बेरसम्म बस्ने बानी बढेको छ । अभिभावकले बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । यसले बालबालिकाको स्वस्थ बानी नष्ट गरिदिने गर्छ । यसले बालबालिकालाई अल्छी बनाउँछ जुन तौल बढ्ने सबैभन्दा ठूलो कारण हो । 

    ४, बालबालिकालाई मानसिक रुपमा बलियो राख्नुहोस्ः

    मानसिक रुपमा बालबालिका तनावमा हुँदा पनि तौल बढ्ने गर्छ । तसर्थ अभिभावकले बालबालिकाको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । यदि आफ्नो बच्चा तनावमा छन् भने उनीहरुलाई उत्प्रेरित गर्ने जिम्मेवारी अभिभावकको हो । 

    ५, बालबालिकाको ७ घण्टाको निद्रा पूरा गर्न दिनुहोस्ः

    कम सुत्दा पनि बालबालिका अल्छी हुन्छन् र यसले उनीहरुको तनाव बढाउने गर्छ जुन तौल बढ्नुको कारण हो । अभिभावकले आफ्नो सन्तान चाँडै सुतुन् तर चाँडै उठुन् भन्ने कुरामा ध्यान दिनुपर्छ । साथै सात घण्टाको निद्रा पुग्यो कि पुगेन भन्ने कुरामा पनि विचार गर्नुपर्छ । 

    उमेरको हिसाबले बालबालिकाको सही तौलः

    ३ देखि ५ महिना – ६ देखि ७।८ किलो

    ६ महिनादेखि १ वर्ष – ७।८ देखि १०।२ किलो

    १ देखि ३ वर्ष – १०।२ देखि १४।२ किलो

    ३ देखि ६ वर्ष – १४।६ देखि २०।७ किलो

    ६ देखि १२ वर्ष – २०।७ देखि ३७ किलो

    बालबालिकामा तौल बढ्दा हुने समस्याः

    हाइपरटेन्सन

    मुटु कमजोर हुनु

    जोर्नीमा दुखाई

    तनाव

    डर

    बिर्सने समस्या

    बालबालिकाका लागि स्वस्थ खानपानः

    दुध

    गेडागुडी

    ओट्स

    हरिया र पत्तेदार सागसब्जी

    फलफूल र ड्राई फ्रुट

    मासु र अण्डा

    नट्स

    घ्यू र बटर

    आइतवार, बैशाख ४ २०७९०६:४८:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार