बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नयाँ बर्ष र समय

नयाँ बर्ष र समय

स्वस्तिका नेपाल

१, बैशाख २०७९
  • 3.0K
    SHARES

  • नयाँ बर्ष र समय

    नयाँ बर्ष आयो , बाँकि सबै पुरानो भयो 
    म पुरानो , याद पुरानो , साथ पुरानो 
    पुरानो भयो सन्सार , जिवन पुरानो 
    बाँकी छ त केवल एक जिजिविसा 
    अनन्त चाहना भोलिको पर्खाई र 
    आशा !! 
    हिजै त हो कोक्रोमा झुलेको 
    हिजै हो कखरा पढेको 
    हिजै त हो दुइ एक्काने दुई रटेको 
    हिजै हो कसैलाई हसाएको कसैलाई रुवाएको 
    हिजै त हो गल्ति गरेको माफ मागेको 
    हिजै हो सबैलाई खुशि पारेको !! 
    सबै कथा हिजोकै त छन् ।
    भोलि
    भोलि त कसले देखेको छ र? 
    कसलाई थाहा छ र भोलिको कथा? 
    कसले भन्न सक्छ र भोलोको ब्यथा? 
    समयले हिजो कसलाई पर्खेको थियोे?
    आज कसलाई पर्खन्छ? भोलि किन पर्खन्छ?
    तैपनि 
    बुझपचाएर ,आफैंलाई ढाँटेर 
    अनादि अनन्त समयलाई 
    क्यालेण्डरमा सजाउँदै 
    सागरलाई गागर मा भर्ने चेस्टा गर्दै 
    हुट्टिट्याउले सगर थामेझै 
    भोलिको दिन कुर्दै छु 
    समयलाई नापिरहेछु 
    नाप्ने धृष्टता गरिरहेछु !!

    बिहिवार, बैशाख १ २०७९०६:०८:०१
    सम्बन्धित समाचार