काठमाडौं । काठमाडौंको चावहिल स्थित ओम हस्पिटलको आईसीयूमा उपचाररत एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
३३ वर्षीया उनी सिन्धुलीको मरिन गाउँपालिका स्थायी घर भई सर्लाहीको लालबन्दी नगरपालिका–७ मा बसोबास गर्दै आईरहेको स्रोतले जानकारी दिएको छ ।
कोरोना संक्रमणकै कारण ती महिलाको मृत्यु भएको सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेले पुष्टि गरे । काठमाडौंको ओम हस्पिटलमा शुक्रबार राति उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको माइती पक्षले उनलाई जानकारी गराएको वडाध्यक्ष आलेले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।