बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अमेरिकासँग तनावका बीच सुलेमानीको नाममा इरानले सार्वजनिक गर्यो नयाँ ब्यालिस्टिक मिसाइल

अमेरिकासँग तनावका बीच सुलेमानीको नाममा इरानले सार्वजनिक गर्यो नयाँ ब्यालिस्टिक मिसाइल

मेगा खबर संवाददाता

५, भाद्र २०७७
  • 1.5K
    SHARES

  • अमेरिकासँग तनावका बीच सुलेमानीको नाममा इरानले सार्वजनिक गर्यो नयाँ ब्यालिस्टिक मिसाइल

    तेहरान। इरानले जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ ।  

    उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २०)को अवसरमा बिहीबार बिहान सार्वजनिक गरिएको हो ।  
    राज्यको टेलिभिजनले प्रसारण गरेको उक्त कार्यक्रममा रक्षामन्त्री अमीर हतामीले यसलाई विशेष गरी ब्यालेस्टिक क्षेप्यास्त्रतर्फ इरानको पछिल्ला सैन्य उपलब्धि भएको बताएका छन् । व्यालेस्टिक मिसाइलको नाम अमेरिकी आक्रमणमा मारिएका पूर्व जनरल सुलेमानी र अर्को क्रुज मिसाइलको नाम अबू मेहदी राखिएको रक्षामन्त्री हतामीले बताए ।

    बग्दादको नजिक जनरल सुलेमानीसँगै मारिएका इराकका शिया मिलिशियाका उप–कमाण्डर अबु महदी मुहान्डिस पनि मारिएका थिए र पछिल्ला यी हतियारको नाम पनि उनीहरूको सम्मानमा उनीहरूकै नाममा राखिएको छ ।  कसिम सुलेमानी मिसाइलले एक हजार ४०० किलोमिटर टाढासम्म र अबु महदी मुहंडिस मिसाइलले एक हजार किलोमिटरसम्मको आक्रमण गर्ने क्षमता रहेको रक्षामन्त्री ले बताए ।

    उक्त अवसरमा इरानले घरेलु रूपमा निर्मित ड्रोनको पनि प्रदर्शन गरेको थिए । ‘इरानी हतियारहरू सजिलै पुनः उत्पादन गर्नसकिने, पर्याप्त शक्ति भएका र लक्ष्यलाई सहजै परिवर्तन गर्नसक्ने उच्च गुण सम्पन्न हुनपर्छ,’ राष्ट्रपति हसन रौहानीले आफ्नो सम्बोधनमा रक्षा उद्योगमा भएको प्रगतिलाई जोड दिँदै भने ।  राष्ट्रिय प्रतिरक्षा उद्योगले कुनै आक्रामणको रणनीतिभन्दा रक्षाको रणनीति अपनाएको छ र देशले कुनै पनि इलाका ओगट्न वा कुनै पनि देशलाई हानि पु¥याउने लक्ष्य नराखेको राष्ट्रपति रौहानीले बताए ।   

     

    शुक्रवार, भाद्र ५ २०७७०८:०७:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार