बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रोटिनको कमीले देखिन्छ यि लक्षण

प्रोटिनको कमीले देखिन्छ यि लक्षण

मेगा खबर संवाददाता

१७, फाल्गुण २०७८
  • 1.6K
    SHARES

  • प्रोटिनको कमीले देखिन्छ यि लक्षण

     प्रोटिनले शरीरलाई शक्ति पनि प्रदान गर्छ । प्रोटिनले शरीरमा एन्टिबडि बनाउन मद्दत गर्छ । यसले शरीरमा हुने इन्फेक्शन र रोगसँग लड्न मद्दत गर्छ । प्रोटिनले मांसपेशीलाई मजबुत बनाउँछ । हाम्रो छाला, एन्जाइम र हर्मोनहरु पनि बन्नका लागि पनि प्रोटिनको आवश्यकता पर्छ । यसको कमि भएमा विभिन्न समस्याहरु पनि आउँछ । 

    - कलेजोको समस्या 
    शरीरमा प्रोटिनको कमी हुँदा कलेजोसँग जोडिएका समस्याहरु पैदा हुन्छन् । प्रोटिनको कमीले कलेजोको कोशिकाहरुमा फ्याट जम्मा हुन थाल्छ । यसले कलेजो सुन्निने, घाउ हुने र कलेजो फेल हुने सम्भावना बढाउँछ । मोटोपन र मदिराको अत्यधिक सेवनले पनि यस्तो समस्या जन्माउँछ । 

    - आँखा सुन्निने 
    शरीरको कुनै पनि अङ्ग सुन्निनुलाई मेडिकल भाषामा एडिमा भनिन्छ । डाक्टरका अनुसार आँखा सुन्निनु ह्युमन सिरम एल्बुमिनको कमीले पनि हुनसक्छ । जुन रगत र रगतका प्लाज्माहरुको लिक्विड पार्टमा हुने प्रोटिन हो । त्यसैले शरीरका अंग सुन्निने समस्यालाई पनि बेवास्ता नगर्नुहोस् । 
    छाला, कपाल र नङ
    प्रोटिनको कमी हुँदा छाला, कपाल र नङमा पनि समस्या आउँछ । प्रोटिनको कमीले छाला फुट्ने समस्या आउँछ । छालामा रातो धब्बा देखिन्छ । कपाल कमजोर हुन्छ र झर्न थाल्छ । नङ पातलो हुन्छ र यसको आकार पनि परिवर्तन हुन थाल्छ । 

    - इन्फेक्शनको खतरा 
    प्रोटिनको कमीले शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । प्रोटिनको कमीले शरीरले सही तरिकाले काम गर्न सक्दैन । जसले गर्दा रोग प्रतिरोधी क्षमतामा जोखिम बढ्छ । एक अध्ययनका अनुसार वृद्ध व्यक्तिहरुले लगातार ९ हप्तासम्म प्रोटिनको कमीले रोग प्रतिरोधी क्षमतामा नराम्रो असर पार्छ । 

    - मांसपेशी कमजोर हुने 
    मांसपेशी मजबुत बनाउन लागि प्रोटिनको भूमिका सबैभन्दा बढी हुन्छ । शरीरमा प्रोटिनको कमी भएमा शरीरको क्रियाकलाप र आन्द्रालाई आवश्यकताका लागि हड्डीहरुबाट प्रोटिन आपूर्ति गर्छन् । जसले गर्दा मांसपेशी कमजोर हुनुका साथसाथै हड्डीहरु टुक्रिने समस्या बढ्छ । 

     

    मंगलवार, फाल्गुण १७ २०७८०५:१७:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार