बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

डु‌ंगा ध्वस्त हुँदा लिबियामा ४५ आप्रवासी शरणार्थीको मृत्यु

डु‌ंगा ध्वस्त हुँदा लिबियामा ४५ आप्रवासी शरणार्थीको मृत्यु

मेगा खबर संवाददाता

४, भाद्र २०७७
  • 2.6K
    SHARES

  • डु‌ंगा ध्वस्त हुँदा लिबियामा ४५ आप्रवासी शरणार्थीको मृत्यु

    एजेन्सी। संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगका अनुसार यो वर्ष लिबियामा डुंगा ध्वस्त हुँदा कम्तीमा ४५ जना आप्रबासी तथा शरणार्थीको मृत्यु भएको बताएको छ । ज्यान गुमाउनेमा पाँच बालबालिका पनि रहेका छन् ।

    यसरी मृत्यु हुनेमा अधिकांश ज्वारा तटीय क्षेत्रमा ८० जना सवार डुंगाको मेसिन बिस्फोट हुँदा भएको दुर्घटनामा परेका रहेको युएनएचसिआरले जनाएको छ । स्थानीय मछवारले उद्धार गरेका ३७ जनाले दिएको जानकारी अनुसार मृतकको संख्या थाहा भएको हो ।

    युएनएचसिआर र आप्रबासीका लागि अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले आप्रबासीको खोजी तथा उद्धारको प्रयासलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

     

    बिहिवार, भाद्र ४ २०७७०८:५८:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार