टोरन्टो । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन् ।
प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उनले मन्त्री सहित साँसद पदबाट पनि राजीनामा दिएकाे समाचारमा जनाइएको छ ।
अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन् ।
सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो ।
मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात खर्च बुझेको स्वीकार गरेका छन् ।उनले संवाददाताहरुलाई भने “म क्यानडाको अर्थमन्त्री र सांसद पद दुबैबाट राजीनामा दिँदैछु ।”
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।