बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा सेवा प्रभावित

गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा सेवा प्रभावित

  • 1.2K
    SHARES

  • गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा सेवा प्रभावित

    बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ ।

    एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको  स्वास्थ शाखाले जनाएको छ । पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् ।

    अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ । कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको जनाइएको छ ।

    स्वदेश फर्किएकाहरुलाई अनिवार्य कोरोना परीक्षण गर्न पालिकाले आग्रह गरेको छ । जिल्लामा हाल नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या १११ पुगेको छ ।

    आइतवार, माघ ९ २०७८११:००:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार