बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोभिडबाट बच्न स्वास्थ्य सामाग्री : बालकुमारी टोल सुधार समितिले भाडामा बस्नेलाई दिएन, घरबेटीलाई दियो

कोभिडबाट बच्न स्वास्थ्य सामाग्री : बालकुमारी टोल सुधार समितिले भाडामा बस्नेलाई दिएन, घरबेटीलाई दियो

मेगा खबर संवाददाता

३१, श्रावण २०७७
  • 5.3K
    SHARES

  • कोभिडबाट बच्न स्वास्थ्य सामाग्री : बालकुमारी टोल सुधार समितिले भाडामा बस्नेलाई दिएन, घरबेटीलाई दियो

    काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको वडा नं १२ को बालकुमारी टोलसुधार समितिले धमाधम १ थान सेनिटाइजर, १० थान मास्क र एउटा सूचना सहितको प्याकेज घर घरमा पुर्याइरहेको छ ।

    तर, सोही घरमा भाडामा बस्नेले भने उक्त प्याकेज देख्न पाएका छैनन् । कोभिड १९ महामारीबाट थलिँदै गइरहेको यस सन्दर्भमा टोल सुधार समितिले घरबेटीलाई संक्रमणको जोखिम देख्यो तर सोही घरमा बस्ने भाडावालालाई भने देखेन । ‘बालकुमारी टोल निवासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हाल महामारीको रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) सम्बन्धि जानकारी तथा अनुरोध’ भनेर एक पेज लामो सचेतनामूलक पम्प्लेट पनि सोही प्याकेजमा पठाएको छ ।

    टोल सुधार समितिका अध्यक्ष बाबुराम चौलागाईंका अनुसार शनिबार ५ सय घरधुरीलाई उक्त सामाग्री पठाइएको छ । स्थानिय संस्था तथा केही व्यक्तिको सहयोग र टोल सुधार समितिको आफ्नै कोषबाट खर्च गरेर वितरण गरिएको चौलागाईले बताए ।

    टोल सुधार समितिले स्वास्थ्य सुरक्षाका सामाग्रीहरु घरबेटीलाई दिँदा मध्यम वर्गिय वर्ग जो भाडामा बस्छन् उनीहरुले भने पाएका छैनन् । दिँदा सबैलाई दिनपर्ने र नदिँदा कोहीलाई पनि दिन नहुने भन्दै गुनासो पोखिरहेका छन् ।

    अध्यक्ष चौलागाईंका अनुसार अर्को कुनै सहयोगी दातासँग समन्वय गरेर टोलभरी बस्ने सबैलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइनेछ । शनिबार बिहान वडाअध्यक्ष शभ्मु प्रसाद भट्टराई पनि उक्त वितरण कार्यक्रममा पुगेका थिए । उनले आफू त्यहाँ पुगेर दुईजनालाई वितरण गरेर फर्किएको मेगाखबरलाई बताए ।

    117643280_338934670471685_7212022880496017361_n.jpg

    शनिवार, श्रावण ३१ २०७७१०:२४:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार